IME Life

मेगा बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
NIC ASIA

काठमाडौं । मेगा बैंकको ११ दशमलव ७५ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले कात्तिक २९ गते साधारण सभा गर्न शुक्रबार (कात्तिक १५ गते) देखि बुक क्लोज गर्दैछ । त्यसकारण आजसम्म कायम शेयरधनीले लाभाश सुरक्षित गर्न सक्ने छन् ।

सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा बिहान ११ः३० बजे सुरु हुने बैंकले जनाएको छ ।

Prabhu
Crest

सभामा बैंकले ११ दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । बैंकले गत आर्थिक वर्षको नाफाबाट १ अर्ब २२ करोड ६ लाख ६३ हजार २० रुपैयाँ नगद वितरण गर्न लागेको हो ।

त्यस्तै, आर्थिक वर्ष २०७५/७६ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव पनि छ । आर्थिक वर्ष २०७६/७७ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा समेत रहेको छ ।

बैंकको प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने प्रस्ताव पनि पेश हुनेछ । हाल बैंकको चुक्ता पुँजी १० अर्ब ३८ करोड ८६ लाख २१ हजार रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS