IME Life

उच्च शिक्षाका लागि काठमाडौं छिरेका ढुंगाना बीमा क्षेत्रमा जमेर व्यवसाय गर्दै

SPIL
NIC ASIA

बीमा अभिकर्ता पेशा अगाल्छु भन्ने मनसाय नै थिएन । यो पेशा के हो?, कसरी सफल हुने ?, यस पेशाका राम्रा पक्षहरु के छन् ? लगायतका कुराहरु बुझ्न पहिलो पटक तालिममा सहभागी हुन पुगेका बिमल ढुंगाना तालिमकै दिनबाट यो क्षेत्रमा केही गरेरै छोड्ने अठोट लिए । बीमा अभिकर्ता पेशा र बीमा सम्बन्धि अध्ययन गर्छु भन्ने सोच लिएर तालिममा सहभागि भएका ढुङ्गाना २०५२ सालमा यो पेशामा जोडिन पुगे । त्यहि पेशा ढुङ्गानाको अभिन्न अंग बन्न पुग्यो ।

विधार्थी जीवनकालमा बीमा बारे धेर थोर ज्ञान थियो उनीसँग । भएको त्यहि ज्ञानलाई उनले अध्ययन गर्न थाले र उनी यो पेशामा प्रवेश भए । बिद्यार्थी जीवनकाल जागिरको खोजी गर्ने शिलशिला थियो । तेह्रथुम घर भएका ढुङ्गाना त्यतिबेला अध्ययनको शिलशिलामा बिराटनगर पुगेका थिए । यो पेशाबाट पनि आम्दानी गर्न सकिन्छ भन्ने साथीको सल्लाहामा उनी यो पेशामा प्रवेश हुन पुगे । ढुङ्गानाको पारिवारिक वातावरण भने यो क्षेत्रको थिएन । परिवारमा प्रायः सबैजसो सरकारी सेवामा रहेतापनि फरक बिचारधाराका थिए ढुङ्गाना । अन्य जागिर गर्दा सीमित आम्दानी बाहेक अरु आम्दानी गर्न सम्भव नदेखेपछि ढुङ्गाना लगानी बिना नै आम्दानी गर्न सकिने व्यवसाय खोज्दै थिए । बिना लगानी नै राम्रो आम्दानी गर्न सकिन्छ भन्ने मनसाय बोकेर उनी यो पेशाप्रति आए ।

Prabhu
Crest

बिना लगानी र बिना तनाव आम्दानी गर्न सकिने पेशाका रुपमा बीमा अभिकर्ता पेशालाई ढुङ्गाना लिन्छन् । लगानी बिहिन काम गर्न सक्ने पेशा देखेर यो पेशामा जोडिएका ढुङ्गाना भन्छन, समय व्यवस्थापन गर्नसके यो पेशामा सफल भईन्छ । ढुङ्गाना भन्छन्, जागिर खाँदा अर्काको अडरमा बस्नुपर्ने, तोकिएको समयमा चलायमान हुनुपर्छ तर यो पेशामा आफ्नो समयलाई व्यवस्थापन गर्दै स्वतन्त्र रुपमा आफ्नै व्यवसाय गर्न पाईन्छ ।

ढुङ्गाना यो पेशाप्रति सन्तुष्ट छन् । सन्तुष्ट नभएका हुन्थे भने यत्तिका लामो समयसम्म यो पेशालाई निरन्तरता दिँदैनन् थिए सायद । सन् २००१ देखि एलआइसी नेपालमा प्रवेश गरेका ढुङ्गाना हाल एजेन्सी म्यानेजरका रुपमा कार्यरत छन् । २०५२ सालमा उच्च शिक्षा हासिल गर्नका लागि काठमाडौँ आएका ढुङ्गाना त्यो बेला स्नातकोत्तर पढ्दै थिए । ढुङ्गानाको अभिकर्ताको यात्रा भने निर्जिवन बीमा कम्पनीबाट शुरु भयो । बिमलको पहिलो कम्पनी नेको इन्स्योरेन्स हो । उनले नेकोबाट अभिकर्ताको काम थालेका थिए । ढुङ्गानाको पहिलो जीवन बीमा कम्पनी भने राष्ट्रिय बीमा संस्थान हो ।

जीवन बीमा अभिकर्ता पेशाको लाइसेन्स लिएपछि उनले शुरुको बीमा आफ्नो साथीको गरे । मार्केटमा प्रवेश गर्दा मार्केटमा दक्ष नभएको समयमा आफ्ना आफन्त अनि साथी भाइबाटै कामको थालनी गर्नु उपयुक्त ठान्दै ढुङ्गानाले साथीलाई बीमाको प्रस्ताव गरे । पहिलो बीमा गर्न सफल भएपछि भने ढुङ्गानाको मनमा यहि पेशामा नै केही गर्छु भन्ने भावना जागेको थियो ।
बिमल भन्छन्, बीमा कम्पनी र बीमितकाबीचमा रहेर पुलको काम गर्ने व्यक्ति अभिकर्ता हो । अभिकर्ता पेशा समाज सेवा मध्येको उत्तम समाजसेवा हो । अरु केही काम गर्न सकिनस् र यता आईस् भन्ने मनसाय बोकेका मानिस थिए त्यो समय जति बेला म यो पेशामा आवद्ध भएको थिए ढुङ्गानाले विगत सम्झदै भने । ढुङ्गाना भन्छन्, आज भने उपल्लो तहमा काम गर्ने व्यक्तिहरु पनि यो पेशामा आवद्ध हुन थालेका छन् । पहिले पहिले बेरोजगारीहरुले मात्रै यो पेशालाई रोज्थे तर आजभोलि भने वैकल्पिक आम्दानी गर्न सकिने पेशाका रुपमा भिआईपीहरुको पनि प्रवेश भइरहेको छ ।

ढुङ्गाना भन्छन्, ‘बीमा सम्बन्धि जनचेतना अभिवृद्धि गर्ने काम म बाट हुन्छ । पब्लिकलाई बीमा बुझाउनु मेरो कर्तब्य हो ।’ “आज पनि नेपाली समाजमा बीमा प्रति वितृष्णा छ । बीमालाई बुझ्ने मानिसहरु थोरै छन् । केही समयपछि नेपाली समाजमा बीमा आधारभूत आवश्यकताभित्र पर्छ” उनले भने । राज्यले बीमा सम्बन्धि जनचेतना अभिवद्धि गर्न विभिन्न खालका योजना ल्याउनुपर्नेमा उनले जोड दिए । “बैंकिङ्ग क्षेत्रलाई सरकारले जुन प्राथमिकता दिएको छ, बीमा क्षेत्रमा पनि राख्न जरुरी छ ।”
‘अभिकर्ता पेशामा धैर्यता हुनेहरु मात्रै टिक्न सक्छन् । यो पेशामा धैर्यता चाहिन्छ । आजकोभोलि प्रतिफल पाईने पेशा अभिकर्ता पेशा होईन् ।’ धैर्यतालाई जसले साथ दिन्छन् त्यो सफल हुने उनको भोगाई छ । अभिकर्तामा असलपन, इमान्दार र निरञ्तरता जस्ता गुणहरु हुनुपर्दछ । ढुङ्गानामा यस्ता गुणहरु छन् । अभिकर्तामा हुनु पर्ने यी र यी जस्तै अन्य गुणहरु भएकै कारणले गर्दा होला उनी यो पेशामा सफल छन् । ढुङ्गाना सन् २००३ मा नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुमा आवद्ध भई कार्यरत रहेका अभिकर्ता तथा एजेन्सीहरुलाई पछि पार्दै नम्बर १ मा पर्न सफल भए ।

बीमा अभिकर्तामा प्रवेश गर्ने अभिकर्ताहरुलाई लक्षित गर्दै ढुङ्गानाले अभिकर्ता पेशामा सम्भावना रहेको बताए । ढुङ्गाना भन्छन्, जीवन बीमा कम्पनीको अभिकर्ता भई काम गर्यो भने नेपालमा नै भविष्य सुरक्षित छ उनले भने । बिना लागानी नै अभिकर्ता पेशामा राम्रो आम्दानी गर्न सकिन्छ । बीमाको ज्ञान, गर्न सक्ने क्षमता, धेर्यता, लगनशिलता भएकाहरुलाई यो क्षेत्रमा राम्रो छ ।

ढुङ्गाना पेशागत बीमा अभिकर्ता संघ केन्द्रिय कमिटिको महासचिव हुन् । साथै, उनी एजेन्सी म्यानेजर एशोशियशन एलआइसी नेपालका संस्थापक उपाध्यक्ष समेत हुन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS