IME Life

महालक्ष्मी विकास बैंकको साधारणसभा २९ गते, मर्जरमा जाने प्रस्ताव

SPIL
NIC ASIA

काठमाडौं । महालक्ष्मी विकास बैंकले यही कात्तिक २९ गते १८ औं वार्षिक साधारणसभा गर्ने भएको छ । साधारणसभामा यसअघि सञ्चालक समितिले प्रस्ताव गरेको १७.८९ प्रतिशत लाभांश दिने प्रस्ताव पेश गरिनेछ भने मर्जरमा जाने प्रस्ताव समेत पेश गरिनेछ ।

बैंकले गत आर्थिक बर्षको नाफा र संचित मुनाफा समेतबाट २८ करोड १४ लाख रुपैयाँ बोनस शेयर दिने प्रस्ताव एजेण्डाको रुपमा साधारणसभामा पेश गर्दैछ । सो क्रममा बोनस शेयरमा लाग्ने कर प्रयोजन सहित ९.८९ प्रतिशत नगद लाभांशको प्रस्ताव साधारणसभामा जाने छ । त्यस्तै बैंकले मर्जरमा जानको लागि सञ्चालक समितिलाई जिम्मा दिने सम्बन्धी प्रस्ताव समेत लैजाने भएको छ । बीग मर्जरमा कुनै बैंक वा वित्तीय संस्थासँग सहमति भएमा मर्जरको बाटो खुलाउन यस्तो प्रस्ताव समेत साधारणसभामा पेश गर्न लागिएको हो ।

Prabhu
Crest

त्यस्तै, बैंकले हालको शेयर पूँजी संरचनालाई परिवर्तन गर्ने भएको छ । हालको पूँजी संरचना संस्थापकतर्फको ५३.९८ प्रतिशतलाई ५२.४९ प्रतिशतमा झार्ने र सर्वसाधारण तर्फको ४६.२ प्रतिशतलाई बढाएर ४७.५१ प्रतिशत कायम गर्ने सम्बन्धी विशेष प्रस्ताव साधारणसभामा लैजाने भएको जनाएको छ ।

त्यस्तै बैंकले लाभांशको लागि कात्तिक २० गते बुक क्लोज मिति तय गरेको छ । साधारणसभा प्रयोजनका लागि कात्तिक २० गतेदेखि २९ गतेसम्म बुक क्लज हुने बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS