होण्डा मोटरसाइकल टेक्निसियन स्किल प्रतियोगिता सम्पन्न

161

काठमाडौँ । होण्डा नेपालले ग्वार्कोस्थित होण्डा सर्भिस ट्रेनिङ्ग सेन्टरमा होण्डा मोटरसाइकल टेक्निसियन स्किल प्रतियोगिता सम्पन्न गरेको छ । क्षेत्रिय स्तरबाट सुरु गरिएको सो प्रतियोगितामा देशभर अवस्थित होण्डाका १३ आधिकारिक टेक्निसियनहरुको सहभागिता रहेको थियो ।

प्रतियोगितामा सर्वश्रेष्ठ २ प्रतियोगीहरु सागर गुरुङ्ग र मोहन थापा मगरले नेपालको प्रतिनिधि गर्दै मार्च २०२० मा थाइल्याण्डमा हुने एसियन होण्डा मोटरसाइकल टेक्निसियन स्किल प्रतियोगितामा सहभागी हुने अवसर प्राप्त गरेका छन् ।

त्यसै गरी तेस्रो हुने होण्डा हाउस, गोरखाका टेक्निसियन नर बहादुर चौधरीले पुरस्कार स्वरुप नगद २५ हजार प्राप्त गरेका छन् ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्