IME Life

मध्य रातमा नेपालगन्जका आधा दर्जन पसलहरुमा आगोलागी, करोडभन्दा बढि क्षति

SPIL
NIC ASIA

काठमाडौं । नेपालगन्जको बीपी चोकमा रहेका आधा दर्जन पसलहरुमा हिजो साँझ आगोलागीबाट जलेका छन् । हिजो राति लागेको आगोका कारण स्थानीय फर्निचर, किताब पसल, फलफूल पसल आगो लागेर जलेका छन् । घटनामा एक करोडभन्दा बढि क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।गएराति नेपालगञ्जको बीपीचोकमा रहेको जनता सिरक, हिमालय फर्निचर, रोशनी फर्निचरसहितका पुस्तक पसल तथा फलफूल पसल आगो लागेर जलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगोलागीबाट फर्निचर पसल, सिरक डस्ना पसलहरुका कारण आगो निभाउन कठिन भएको थियो । मध्यरातमा नेपालगञ्ज उपमहानगरपालिकाका दुई, नेपालगञ्ज विमानस्थलको एक, कोहलपुर नगरपालिका, बर्दियाको मधुवन र गुलरिया नगरपालिकाका गरी छ वटा दमकलको सहयोगमा बल्ल आगो नियन्त्रणमा आएको थियो ।नेपालगन्जको बीपी चोकमा यसअघि पनि आगोलागी भएको थियो । उतिबेला पनि एक दर्जनभन्दा बढि फर्निचर पसलहरु जलेर खरानी भएका थिए । फर्निचर उद्योगहरुका कारण नेपालगन्जको बीपी चोकमा पटक पटक आगोलागी हुँदै आएको छ । यसअघि गत साउन २३ गते पनि आगो लागेको थियो । आगोलागीबाट भएको क्षतिको बीमा दावी पर्छ कि पर्दैन यकिन हुन सकेको छैन । स्थानीय हिमालय जनरल इन्स्योरेन्स शाखा, शिखर इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स शाखाले आफ्नोमा बीमा दावी नपर्ने जनाएका छन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS