IME Life

बीएफआईएनको आयोजनामा बैंक, वित्तीय संस्था सिष्टम ह्याकबाट जोगाउन अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

SPIL
NIC ASIA

काठमाडौं । नेपालका बैंकहरु एकपछि अर्को गर्दै ह्याक हुन थालेपछि साईबर सुरक्षामा केन्द्रीत हुँदै अन्तर्राष्ट्रिय स्तरकै अन्तरक्रिया तथा छलफलहरु हुन थालेका छन् । बैकिङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्टिच्यूट अफ नेपाल(बीएफआईएन) लिमिटेडको आयोजनामा साईबर जोखिमबाट वित्तीय सुरक्षा अपनाउने सम्बन्धमा अन्तर्राष्ट्रिय स्तरको अन्तरक्रिया हुन लागेको हो ।

भोलि शुक्रबार ‘साइबर खतराबाट वित्तीय सेवाहरुको सुरक्षा’ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । सुचना तथा संचार क्षेत्रमा नविनतम आविष्कार भएता पनि नेपालमा बिगतमा साईबर आक्रमण हुनुले भावी दिनहरुमा हुन सक्ने आक्रमण र त्यस्ता आक्रमण कसरी समाधान गर्ने भन्ने उद्देशयले उक्त सम्मेलनको आयोजना गर्न लागेको बीएफआईएनका प्रबन्धक तथा निर्देशक डा. आत्रेयले जानकारी दिए ।

Prabhu
Crest

उक्त अन्तर्राष्ट्रिय एक दिने सम्मेलन कात्तिक ८ गते शुक्रबार ठमेलको होटल एलोफमा आयोजना हुने बीएफआईएनका प्रबन्धक तथा निर्देशक डा. विनोद आत्रेयले जानकारी दिए । ‘हाल नेपालमा साइबर क्राइमहरु बढ्दै गएको छ । यो विषय नेपालको लागि विल्कुलै नयाँ छ । त्यसकारण यो विषयमा सबैलाई सचेत गराउनको लागि सम्मेलनमा श्रीलंका तथा केपीएमजी भारतबाट विशिष्ट विशेषज्ञहरुले जानकारी दिने छन्’ बीएफआईएनका प्रबन्ध निर्देशक डा. आत्रेयले भने । उनीहरुले बैंक तथा वित्तीय संस्थाहरुलाई साइबर थ्रेट तथा फ्रड सम्बन्धी प्राबिधिक ज्ञान समेत दिने उनले बताए ।

उक्त सम्मेलनको उद्घाटन नेपाल राष्ट्र बैंकका कायम मुकायम गर्भनर चिन्तामणी सिवाकोटीले गर्नेछन् । सम्मेलनमा श्रीलङ्काका साइबर सुरक्षा विशेषज्ञ सुजित कृस्टीले साइबर सुरक्षा भुदृश्य र वित्तीय क्षेत्रमा बढ्दै गरेका ह्याक र साइबर खतरा समस्या, चुनौती र समाधानका उपायहरु बिषयमा आफ्ना विचार तथा अनुभवहरु प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । उक्त सेसनको अध्यक्षता भारतको केपि एम्जिका कुनाल पाण्डले गर्दै आफ्नो धारणा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै, श्रीलङ्काका साइबर सुरक्षा विशेषज्ञ सुजित कृस्टीले गर्नुहुने तथा उक्त सेसनमा भारतको केपी एमजीका कुनाल पाण्डेले डिजिटल भुक्तानी उदयमान जोखिम र खतरा विषयमा आफ्ना विचार तथा अनुभवहरु प्रस्तुत गर्ने छन् ।

उक्त सम्मेलको मुख्य प्रायोजकको रुपमा निम्बल इन्फोसिस् रहेको छ भने नलेज पार्टनरका रुपमा केपीएमजी रहेको बीएफआईएनको प्रबन्धक तथा निर्देश आत्रैयले जानकारी दिएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS