काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्तको आज बिहीबार बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीमा १२ दशमलव ५ प्रतिशत बोनस सेयर र १२ दशमलव ५ प्रतिशत नै नगद गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुने कम्पनीले जनाएको छ ।
आरएमडीसी लघुवित्तको हाल चुक्ता पुँजी ७९ करोड ९३ लाख ९८ हजार ६०० रुपैयाँ रहेको छ । प्रस्तावित १२ दशमलव ५ प्रतिशत बोनस सेयर वितरणपछि पुँजी ८९ करोड ९३ लाख २३ हजार रुपैयाँ पुग्नेछ ।