IME Life

६० वर्षे इतिहास बोकेको थाई एयर कसरी टाट पल्टियो ? नेपालका कम्पनीले के सिक्ने ?

SPIL
NIC ASIA

काठमाडौं । संसारभरका हवाई यात्रुहरुले नाम लिने राम्रा हवाई कम्पनीमा थाई एयरको नाम छुटाउँदैनन् । थाईल्याण्डको पर्यटन प्रबद्र्धनमा थाई एयरको भूमिका अग्रणी छ । पछिल्लो १० वर्षदेखि एक सयभन्दा बढि जहाज नियमित उडाइरहेको जहाजले दैनिक ३० हजारभन्दा बढि यात्रुलाई सेवा प्रवाह गर्दै आएको छ । ६० वर्षभन्दा लामो इतिहास र अनुभव भएको थाई एयरलाईन्सलाई विगत आठ वर्षदेखि सुधार्ने योजनाहरु असफल हुँदै जाँदा कुनै पनि बेला थाई एयर बन्द हुनसक्ने स्वयम सम्पनीकै अध्यक्षले चेतावनी दिएका छन् । कम्पनीको घाटा धान्नै नसक्ने अवस्थामा पुगेको छ र सञ्चालन खर्च धान्न नसकेर अप्ठेरो अवस्थाको सामाना गरिरहेको छ ।

विगत १० महिनामा कम्पनीको शेयर लगातार घट्ने क्रममा छ र २०१९ को सुरुदेखि आजसम्म ३० प्रतिशत स्टक मार्केटमा शेयरको मूल्यमा गिरावट आइसकेको छ । गत मंगलबार मात्रै कम्पनीको शेयरमा ४.५५ प्रतिशतले गिरावट आयो भने बुधबार पनि २.४७ प्रतिशतले घटेको छ । सबैभन्दा उच्च शेयर मूल्य पुगेको दिन सेप्टेम्वर २, २०१६ देखि यता थाई एयरलाइन्सको शेयर मूल्यमा ७३.२ प्रतिशत गिरावट आएको छ । थाईल्याण्ड सरकारको ५१ प्रतिशत र बाँकी सर्वसधारणको शेयर रहेको कम्पनी बन्द भएमा यसले थाईल्याण्डको पर्यटक प्रबद्र्धनमा समेत ठूलो असर पार्ने चेतावनी दिइएको छ ।

Prabhu
Crest

थाई सरकारको राष्ट्रिय ध्वजावाहक वायुसेवा कम्पनी थाइ एयरवेज गम्भीर आर्थिक संकटमा परेको थाईल्याण्डकै सञ्चार माध्यम बैंकक पोष्टले जनाएको छ । सन् २०११ मा सुरु भएको कम्पनीको वित्तीय सुधार कार्यक्रम अनुसार २०२२ सम्ममा कम्पनीले धेरै नाफा आर्जन गर्नुपर्ने थियो । तर लगातारको घाटाको कारण धान्नै नसक्ने अवस्थामा पुगेपछि थाईल्याण्ड सरकारको समेत चासो र चिन्ताको विषय बन्न पुगेको छ । नेपाल जम्मा दुई वटा जहाज सञ्चालन गर्दा घाटा भयो र नाफा भयो भन्दै दैनिक यात्रुको हिसाब किताब गररहेको सन्दर्भमा सन् २०१२ अघि समय अमेरिका र युरोपबाट सिधा उडान भर्ने राष्ट्रिय ध्वजा बाहक हवाई कम्पनी संकटमा पर्दा थाईल्याण्डमा पनि राष्ट्रिय चासो बन्नु स्वाभाविक नै छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले बढ्दो प्रतिस्पर्धा, लगातार बढेको इन्धनको मूल्य र थाईल्याण्ड आउने पर्यटकको संख्यामा गिरावट आएकोले थाई एयर समस्यामा परेको उल्लेख गरेका छन् । लगातार शेयर मूल्यमा समेत गिरावट आएपछि कर्मचारीको मनोबलमा समेत उच्च गिरावट आएको छ ।

व्यवस्थापनले कर्मचारीको बोनश कटौती गर्ने निर्णय गरिसकेको छ भने आवश्यक परेको बखत तलब कटौती गरेर खर्च न्युनीकरण गर्ने योजना रहेको जनाएको छ । वित्तीय विवरण अनुसार सन् २०१९ को अर्धवार्षिक कारोबार समीक्षामा कम्पनी ६.४४ अर्ब भाट घाटामा रहेको देखिएको छ । हालसम्मको संचित नोक्सानी दुई सय ८० अर्ब भाट पुगेको जनाइएको छ । चर्को घाटाका कारण कम्पनीलाई खर्च धान्न कठिन हुँदै गएको जनाइएको छ ।

पाईलट, एयरहोस्टेज, प्रशासनलगायतका विभिन्न क्षेत्रमा २० हजार भन्दा बढि मानिस कार्यरत रहेको थाई एयर संकटमा पर्दा हजारौंको रोजगारी गुम्ने त्रासका बीच दैनिक ८४ वटा जहाजले उडान भरिरहेका छन् । नेपालसहितका विश्वका ३७ देशमा उडान भर्दै आएको थाईएयरवेज अब लामो समय चल्न नसक्ने हो कि भन्दै कर्मचारीहरु चिन्तित बन्न पुगेका छन् । दश वर्षअघि करिब २५ हजार कर्मचारी रहेको थाई एयरवेजमा अहिले कर्मचारी कटौती गरेर २० हजार हाराहारीमा ल्याइसकिएको छ । कम्पनीले आगामी केही वर्ष कर्मचारीहरुलाई बोनस नदिने तथा तलक कटौति गर्नुपर्ने हुनसक्ने भन्दै त्यसको लागि तयार रहन निर्देशन दिइएको छ ।

नेपालले के सिक्ने ?
विश्वभर प्रख्याती कमाएको स्टार रेटिङ हवाई कम्पनीको आर्थिक संकट विश्वका सबै कम्पनीहरुको लागि अध्ययन गर्ने, गलत अभ्यासबाट सिक्ने र त्यसका गल्ती, कमी कमजोरीहरुलाई आफ्ना कम्पनीमा भित्रन नदिनु नै हो । थाईएयरवेजको सबैभन्दा ठूलो समस्या व्यवस्थापन त्रुटी औलाइएको छ । सन् २०१२ को वल्र्ड इकोनोमिक फोरममा समेत राजनीतिक हस्तक्षेप, गलत व्यवस्थापन, अधिकार र शक्तिको दुरुपयोग कारण थाई एयरवेज संकटमा परेको विषयमा चर्चा भएको थियो । मुख्य कारण तिनै हुन् । त्यसैले नेपालको सहयात्री हवाई कम्पनी नेपाल एयरलाईन्सले समेत थाई एयरवेजबाट धेरै पाठ सिक्नु आवश्यक छ । त्यस्तै सरकारी शेयर लगानीमा सञ्चालनमा रहेका नेपालका बैंक, बीमा कम्पनीहरुले समेत राजनीतिक हस्तक्षेप, अधिकार र शक्तिको दुरुपयोगले निम्त्याउने दुर्दशा थाई एयरबाट सिक्नै पर्ने कुरा हुन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS