IME Life

पोलिसी रिभ्यूः महालक्ष्मी लगानी फिर्ता म्यादी बीमा

SPIL
NIC ASIA

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले जति लगानी त्यति नै फिर्ता, सित्तैमा सुरक्षा भन्ने नारासहित महालक्ष्मी लगानी फिर्ता म्यादी बीमा योजना ल्याएको छ । कम्पनीले यस बीमालेख प्रथमपटक २०७५ माघ २८ गते देखि यस बीमालेख योजना जारी गरेको हो ।

योजनाका बिशेषताहरु :

Prabhu
Crest

यस बीमा योजनामा सरिक हुनको लागि बीमितले बार्षिक, अर्धबार्षिक, मासिक रुपमा बीमाशुल्क बुझाउन सक्ने व्यवस्था कम्पनीले गरेको छ । यस योजनामा बीमा समाप्तीसम्ममा बीमित जीवित नै रहेमा बीमालेख अन्तर्गत भुक्तानी भएको आधारभूत बीमाशुल्क रकम बीमित स्वंयलाई भुक्तानी गरिने बीमालेखमा उल्लेख छ । अन्य कम्पनीका म्यादी बीमामा बीमित जीवित रहेमा रकम फिर्ता गर्ने व्यवस्था छैन । महालक्ष्मी लाईफले यस्तो सुविधा पहिलो पटक म्यादी बीमा योजना सुरु गरेको थियो ।

बीमालेख अवधिमा बीमितको मृत्यु भएमा :

पोलिसी अवधिमा बीमितको मृत्यु भएमा बीमालेखको सर्तहरुको अधिनमा रही बीमालेख अन्तर्गतको रकम एकमुष्ठ भुक्तानी गरिनेछ । साथै प्रस्तावकले लिएको बीमालेख चालुरहेको अवस्थामा प्रस्तावकको मृत्यु भएमा निजको परिवार वा नजिककको हकदारलाई बीमा रकम दिइन्छ ।

न्यूतनतम उमेर र पोलिसी अवधि :

यस म्यादी जीवन बीमामा सहभागी हुनको लागि न्यूनतम उमेर १८ बर्ष रहेको छ भने अधिकतम उमेर अधिकतम उमेर ६५ रहेको छ । यसका साथै यस बीमालेखको बीमा अवधि ५ , १०, १५, २०, २५ र ३० रहेको छ ।

बीमालेख धितोकर्जाको हकमा :

बीमालेखले समपर्ण मूल्य प्राप्त गरेपश्चात् बीमालेख धितो राखी कर्जा लिन सक्ने व्यवस्था छ । समर्पण मूल्यको अधिकतम ९० प्रतिशतसम्म बीमालेख कर्जा लिन सकिन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS