IME Life

मेरो माइक्रोफाइनान्सको साधारण सभा कात्तिक २९ गते, बुक क्लोज कहिले ?

SPIL
NIC ASIA

काठमाडौं । मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको सातौ वार्षिक साधारण सभा कात्तिक २९ मा हुने भएको छ । सभा होटल वाटर टावर विदुर–३, बट्टार, नुवाकोटमा बिहान ११ बजे सुरु हुने संस्थाले जनाएको छ ।

साधारण सभाका लागि संस्थाले कात्तिक २० गतेदेखि कात्तिक २९ गतेसम्म बुक क्लोज गर्नेछ । कात्तिक २८ गतेसम्म कायम सेयरधनी लाभांस दाबी गर्न पाउने छन् ।

Prabhu
Crest

सभामा ३० प्रतिशत बोनस सेयर र कर तिर्न १ दशमलव ५८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश हुनेछ । कम्पनीले १९ करोड ७३ लाख ४० हजार रुपैयाँ बराबरको बोनस सेयर र १ करोड ३ लाख ८६ हजार ३१५ रुपैयाँ नगद लाभांश प्रस्ताव गर्न लागेको हो ।

त्यस्तै, सभामा कम्पनी अन्य कुनै वित्तीय संघसंस्थामा गाभ्न– गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा पनि छ । सर्वसाधारण लगानीकर्ताको तर्फबाट प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको निर्वाचन गर्ने कार्यक्रम समेत रहेको छ ।

सभामा कम्पनीको आर्थिक वर्ष २०७५–७६ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुनेछ ।

त्यसैगरी आर्थिक वर्ष २०७६–७७ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा रहेको संस्थाले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS