सत्यवतीलाई प्राप्ती गर्ने प्रस्ताव सहित सारथी लघुवित्त विशेष साधारण सभा आज

107

काठमाडौं । सारथी लघुवित्त वित्तीय संस्थाको आज बुधबार (कात्तिक ६ गते) विशेष साधारण सभा बस्दैछ । सभामा कम्पनीले सत्यवती लघुवित्त वित्तीय संस्थालाई गाभ्ने प्रस्ताव पेश गर्नेछ ।

साधारण सभा होटल गण्डकी रिभ रभ्यू, शितलचोक ब्यास २, दमौली तनहुँमा बिहान ११ बजे सुरु हुने संस्थाले जनाएको छ ।

सभमा सारथी र सत्यवती लघुवित्त गाभिएर एक हुने भएपछि सोही अनुसार कम्पनीको नियमावली संशोधन गर्ने एजेन्डा पनि छ ।

दुवै संस्थाको सम्पत्ति, दायित्व र कारोबारको मूल्यांकनका आधारमा निर्धारण गरिएको स्वाप रेसियोलाई स्वीकृति प्रदान गर्ने एजेन्डा पनि छ ।

सभामा लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने तथा प्रमुख कार्यकारी अधिकृतको सम्बन्धमा पनि छलफल हुनेछ ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्