जीवन बीमा र सरकारको आय कर नीतिः एक विवेचना

859
निनाम कुलुङ ‘मंगले’

नेपालमा जीवन बीमा लागू भएको लगभग ४७ वर्ष भयो । नेपालमा जीवन बीमा लागू भएको यति लामो अवधि पुग्दा पनि पाँच भागमा एक भागले पनि जीवन बीमा गरेका छैनन् । अर्थात हालसम्म २० प्रतिशत नेपालीहरुले पनि जीवन बिमा गरेका छैनन्, बीमा समितिको तथ्याङ्क अनुसार जीवन बीमा गर्नेको संख्या १९ प्रतिशत हाराहारीमा मात्रै छ । नेपालमा व्यवसायीक रुपमा बीमा व्यवसाय गर्न विसं २०२४ मा प्राइभेट कम्पनीको रुपमा एक कम्पनी स्थापना भएको भएपनि विसं २०२५ मा राष्ट्रिय बीमा संस्थान ऐन अन्तर्गत संस्थाको रुपमा विसं २०२५ पौस १ गते राष्ट्रिय बीमा संस्थान (आरबीएस) स्थापना भएको थियो । विसं २०२५ मा ‘राष्ट्रिय बीमा संस्था ऐन २०२५’ अन्तर्गत २०२५ पौस १ गते स्थापना भएको भए तापनि संस्थाले विसं २०२९ देखि मात्रै जीवन बीमाको कारोबार सुरु गर्यो ।

पछि विसं २०४६ सालको राजनैतिक परिवर्तनपछि बनेको सरकारले खुल्ला अर्थनीति अपनाएपछि अन्य उद्योग, कलकारखाना, बैंक, वित्तीय संस्था, कम्पनी, व्यवसायीक घरानाहरु खुले । त्यस्तै बीमा कम्पनीहरु पनि खुले । यसै क्रममा विसं २०५८÷०५९ ताका नेपाल लाईफ इन्सुरेन्स कम्पनी (एनएलआईसी), नेसनल लाईफ कम्पनी (एनएलसी), अमेरिकन लाईफ इन्सुरेन्स कम्पनी (एलिको), लाईफ इन्सुरेन्स कम्पनी अफ इन्डिया (एलआईसीआई) खुले । यी मध्ये अमेरिकन लाईफ इन्सुरेन्स कम्पनी (एलिको) को मुख्य कार्यलय अमेरिकामा र लाईफ इन्सुरेन्स कम्पनी अफ इन्डिया (एलआईसीआई) को मुख्य कार्यलय भारतमा रहेको छ । अझ अमेरिकन लाईफ इन्सुरेन्स कम्पनी (एलिको) ले त आप्mनो नाम फेरेर हाल ‘मेट लाईफ’ बनाएको छ ।

 

नेपालमा जीवन बीमा व्यवसाय सुरु भएको यति लामो अवधि पुग्दा पनि नेपालको सम्पूर्ण जनसंख्याको पाँच भागमा एक भाग मानिसहरुले पनि जीवन बीमा गरेका छैनन् । भनिन्छ, विसं २०७२–०७३ सम्म पनि लगभग ९ प्रतिशत नेपालीहरुमा मात्रै जीवन बीमाको पहुँच पुगेको थियो ।

जेहोस्, त्यसपछि नेपालमा एसियन लाईफ, गुराँस लाईफ, प्राईम लाईफलगायत लाईफ इन्सुरेन्स कम्पनीहरु खुले भने पछिल्लोपटक यस्ता लाईफ इन्सुरेन्स कम्पनीहरुको संख्या नेपालमा एक दर्जन आधाभन्दा पनि बढी छ । माथि नै भनियो, नेपालमा जीवन बीमा व्यवसाय सुरु भएको यति लामो अवधि पुग्दा पनि नेपालको सम्पूर्ण जनसंख्याको पाँच भागमा एक भाग मानिसहरुले पनि जीवन बीमा गरेका छैनन् । भनिन्छ, विसं २०७२–०७३ सम्म पनि लगभग ९ प्रतिशत नेपालीहरुमा मात्रै जीवन बीमाको पहुँच पुगेको थियो । अर्थात् लगभग ९ प्रतिशत नेपालीहरुले मात्रै जीवन बीमा गरेका थिए । यसरी विसं २०७३–०७४ र २०७४–०७५ को छोटो अवधि (लगभग तीन वर्ष) मै १० प्रतिशत जीवन बीमा गर्ने नेपालीहरुको संख्या बढ्नु भनेको राम्रै संकेत हो । त्यीस्तै पछिल्लो पटक २०७५–०७६ मा बीमाको पहुँच १९ प्रतिशत हाराहारी पुगेको बीमा समितिको तथ्याङ्क छ । यसरी हेर्दा भविश्यमा नेपाली जीवन बीमा कम्पनीहरुले निश्चय नै आफ्नो व्यवसाय गर्ने आधार खडा गरेको देखिन्छ । यसले नयाँ जीवन बीमा कम्पनीहरु र ती जीवन बीमा कम्पनीमा आवद्ध अभिकर्ता (एजेन्ट) हरुले आफ्नो व्यवयसाय र रोजगारीलाई चकाचक हुने संकेत दिन्छ । तर, यसमा नेपाल सरकारले केही नीतिगत निर्णयहरु गर्नुपर्ने देखिन्छ ।

जस्तै हाल कुनै पनि जागिरेहरु निजामती, जंगी, विदेशी राजदूतावास, दातृ निकाय, आइएनजिओ, एनजिओ, अर्ध सरकारी संस्थान आदिमा काम गर्नेहरु) ले जीवन बीमा गरेमा त्यस्ता जागिरेहरुको आय करमा वार्षिक २५ हजारसम्मको आयमा आय कर छुट दिएको छ, त्यसलाई बढाएर र, तहगत रुपमा कम्तिमा वार्षिक ५० हजारदेखि माथि ७० हजार, ८० हजार, ९० हजार, १ लाख, १ लाख ५० हजार, २ लाख, २ लाख ५० हजार, ३ लाख, ३ लाख ५० हजार, … गर्दै उनीहरुले गर्ने वार्षिक आमदानीमा फरकफरक आय कर छुट दिने नीति लागू गर्नुपर्ने देखिन्छ । साथै व्यक्तिगत प्यान नम्बर लिने सबै करदाताहरुलाई यो नीति लागू गरेमा ‘सुनमा सुगन्ध’ हुने थियो । अझ नेपाल सरकारले सबै नेपाली घरपरिवारले आप्mनो आय स्रोतको आधारमा अनिवार्य रुपमा जीवन बीमा गर्नैपर्ने नीति ल्याएमा जीवन बीमा कम्पनीहरु र जीवन बीमा अभिकर्ताहरुका लागि ‘उपरी माथि थुपरी !’ नै हुने थियो कि ? साथै बीमितहरुको जोखिम वहन हने थियो भने उनीहरुमा अनिवार्य वचत गर्ने बानी पनि बस्ने थियो । तर, के गर्नु ‘अँधेरी नगरको चौपट राजा …’ भनेजस्तो हुँदा बीमा व्यवसायले फड्को मार्न सकेको छैन ।

  • जबकि उनीहरुमध्ये धेरै भन्दा धेरैले जीवन बीमा भनेको के हो ? वास्तविकता बुझेकै छैनन्, सुनेकै छैनन् ।

संभवतः त्यही भएर हुनुपर्छ, नेपालीहरुले जीवन बीमाबारे आपैले खासै केही बुझेकै छैनन् । त्यसैले उनीहरुलाई जीवन बीमा गराउने जाने चाहने एजेन्टहरुले जीवन बीमाबारे बुझाउन खोज्दा पनि बुझन् चाहँदैनन् । मानौं कि, उनीहरु जीवनका बारेमा ‘मिस्टर नो अल नै हुन् !’ जबकि उनीहरुमध्ये धेरै भन्दा धेरैले जीवन बीमा भनेको के हो ? वास्तविकता बुझेकै छैनन्, सुनेकै छैनन् । त्यसैले उनीहरुले जीवन बीमा के हो, किन गर्ने ? सुन्न-बुझन् नै चाहँदैनन् । तापनि उनी फेरि पनि ‘मिस्टर नो अल नै हुन चाहन्छन् !’

त्यसो हुनुमा नेपालमा हालसम्म जीवन बीमाबारे सरकारी स्तरमा तल्लो तहदेखि पढाई नहुनु, जीवन बीमाको आवश्यक्ता र महत्वबारे सरकारीस्तरमा व्यापक प्रचार–प्रसार र लगानी नहुनु, नेपालका पढालेखा र बुद्धीजीवी भनिएकाहरु र आर्थिक क्षेत्रमा विभिन्न ढंगले लागेकाहरु र आर्थिक रुपमा देशलाई योगदान गरेकाहरु नै जीवन बीमाप्रति नकारात्मक हुनु, नकारात्मक नै नभएपनि नकारात्मक ढंगले टिप्पणी गर्नु आदिलाई लिन सकिन्छ । अझ उनीहरु नै जीवन बीमा भन्नै बित्तिकै परपर हुने गर्छन् । तर, आपू चढेको निश्चित मूल्यको गाडी वा बाईकको भने, बीमा गर्छन्, किनभने, बीमा नगरी गाडी वा बाईकको नवीकरण नै हँुदैन । तर, आफ्नो अमूल्य जीवनको भने बीमा गर्दैनन् । अझ कतिपय यस्ता लालबुझक्कड विद्धानहरुले त बीमित हुने संभावना भएको ! क्लाइन्टहरुलाई नै भड्काईदिने गरेका छन् । जो एजेन्टले सयौंपटक, उस्तै परे हजारौ पटक धाएर सहमत गराएका हुन्छन् । त्यतिले नपुगेर एजेन्टले जीवन बीमा गराएर उसले पाउने कमिशनप्रति आँखा लगाउनेहरु धेरै भएको हाम्रो देश नेपाल हो ।

 

 जीवन बीमा गराएबापत कम्पनीबाट पाएको कमिशनबाट राज्यले काट्ने १५ प्रतिशत आयकर रकम जुन छ, त्यसमा राज्यले केही रकम थपेर बुढेसकाल लागेपछि वा निश्चित अवधिसम्म जीवन बीमा एजेन्ट भएर काम गरेका वा जीवन बीमा एजेन्टहरुले आफ्नो जीवनकालमा बीमा गराएको संख्या र प्रिमियमको आधारमा उनीहरुलाई पेन्सन वा उपदानको व्यवस्था गर्नुपर्ने लगायत माग राख्नुपर्ने देखिन्छ ।

अब सरकारले बीमा ऐन–२०४९ ले तोकेको कमिसन दर समयानुकूल बढाउनुपर्ने, (एजेन्टले क्लाइन्टलाई जीवन बीमा गराएवापत कम्पनीबाट पाउने कमिसन, क्लाइन्टबाट होइन), एजेन्टहरुले क्लाइन्टलाई जीवन बीमा गराएबापत कम्पनीबाट पाएको कमिशनबाट राज्यले काट्ने १५ प्रतिशत आयकर रकम जुन छ, त्यसमा राज्यले केही रकम थपेर बुढेसकाल लागेपछि वा निश्चित अवधिसम्म जीवन बीमा एजेन्ट भएर काम गरेका वा जीवन बीमा एजेन्टहरुले आप्mनो जीवनकालमा बीमा गराएको संख्या र प्रिमियमको आधारमा उनीहरुलाई पेन्सन वा उपदानको व्यवस्था गर्नुपर्ने लगायत माग राख्नुपर्ने देखिन्छ ।

झन् नेपाल जस्तो जीवन बीमा फिटिक्कै नबुझेका सर्वसाधारण मानिसहरु धेरै भएको र केही पढालेखा र बुद्धीजीवीहरु नै जीवन बीमा भनेपछि नकारात्मक धारणा राख्ने हाम्रो देश नेपालमा बीमा गराउन साह्रै गारो काम हो । अझ पढालेखा र बुद्धीजीवीहरु भनिएका लाल बुभ्झक्कड बुद्धीजीवीहरु जो जीवन बीमा लगायत समग्र बीमा क्षेत्र र, देशको अर्थतन्त्र बुझेकाहरु त हुन् तर, पढालेखा र बुद्धीजीवीहरु भनिएका यी लाल बुभ्झक्कड बुद्धीजीवीहरुलाई नै जीवन बीमा गरौं न त ! भन्ने बित्तिकै परपर हुने, अभिकर्ताहरुले हजारौं पटक धाएर, दुःख गरेर बल्लबल्ल बीमितलाई बीमा गराएर अभिकर्ताले बीमा कम्पनीबाट कमाउने वा भनौं पाउने निश्चित प्रतिशत कमिसनमा आँखा लगाउनेहरु पनि हामै्र देश नेपालमा छन् ।
त्यसो त् नेपालमा हालसम्म लगभग ५ लाखको (यो मेरो अनुमान मात्रै हो, वास्तविक अभिकर्ता संख्याको धेरै टाढा पनि हुन सक्छ) हाराहारीमा बीमा अभिकर्ताहरु उत्पादन भैसकेका छन् । उनीहरुलाई बीमा कानुन, बीमाबारेमा प्रशिक्षण दिनसक्ने बनाउनु आवश्यक छ । साथै बीमा अभिकर्ताहरुलाई तालिमका आधारमा समेत ग्रेड बृद्धि हुने व्यवस्था गर्न सक्नुपर्दछ ।
[email protected]

१ प्रतिक्रिया

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्