IME Life

एनआईसी एशिया बैंक र सस्तो टिकेटस् प्रा.लिबीच सम्झौता

SPIL
NIC ASIA

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र सस्तो टिकेटस् प्रा.लिबीच सम्झौता भएको छ । उक्त कम्पनी र बैंकबीच एनआईसी एशिया बैंकको डिजिटल च्यानल मार्फत् सस्तो टिकेटस्का ग्राहकहरुले हवाई टिकट तथा होटल बुक गरी सजिलै भुक्तानी गर्न सकिने सुविधा प्रदान गर्ने सम्झौता भएको जनाएको छ ।

सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र सस्तो टिकेटस् प्रा. लि.को तर्फबाट अध्यक्ष सम्राट दाहालले हस्ताक्षर गरेका हुन् ।

Prabhu
Crest

सम्झौता बमोजिम बैंकका ग्राहकहरुले एन आई सी एशियाको मोबाइल बैकिङ्ग लगायत एन सी एच एल–कनेक्ट आईपीएस र अन्य कुनै पनि बैंकको फोन पे एप प्रयोग गरी हवाई टिकट तथा होटलको बुकिङ्ग अनलाईन मार्फत् भुक्तानी गर्न सक्नेछन् ।

हालसम्म यस बैंकको मुलुकभर ३१० शाखा कार्यालयहरु, ३८० एटिएम, ८४ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्ग रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS