IME Life

ललितपुरमा स्कूल बसले किचेर आफ्नै विद्यार्थीको मृत्यु

SPIL
NIC ASIA

काठमाडौं । राजधानीको ललितपुरस्थित छम्पीमा रहेको एक विद्यालयले विद्यार्थी लिएर स्कूल फर्कने क्रममा आफ्नै विद्यार्थी किचेर मृत्यु भएको छ । छम्पीमा रहेको होलिटेम्पल विद्यालयको बसले एककेजीमा अध्ययनरत विद्यार्थीलाई किचेको हो । घटनास्थलमै विद्यार्थीको मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ ।

फाईल तस्विर

घटनापछि एकान्तकुरना–भैसेपाटी छम्पी सडक अबरुद्ध भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । विद्यालय जान बस चढेका गोदावरी नगरपालिका वडा. नं ९ छम्पीका आठ बर्षिय नविन घिमिरेलाई बसले किचेपछि मृत्यु भएको स्थानीय प्रत्यक्षदर्शीले बताए । बिमल बिष्टले सञ्चालन गरेको सो विद्यालयको विद्यार्थी ओसार्ने गाडी बा२ख ५००९ नम्बरको बसमा चढेका घिमिरे केही पर पुगेपछि बसको ढोकाबाट झर्न पुगेका थिए ।

Prabhu
Crest

विद्यालय पठाएको बालक केही पर नपुग्ने सोही विद्यालयको बसले कुल्चेर मृत्यु भएपछि बालकका अभिभावक बेहोस् भएका छन् । प्रहरी चौकी नजिकै होटल व्यवसाय गर्दै आएका उनीहरुले होटल अगाडिबाटै बच्चालाई विद्यालयले भाडामा लिएको बस चढाएर पठाएका थिए । विद्यालयका बालबालिकाले खचाखच भरिएको बसमा सह–चालक समेत नहुँदा ति बालक जमिनमा खस्न पुगेका थिए । चालकले थाहा नपाउँदा पछाडिको चक्काले कुल्चँदा उनको मृत्यु भएको हो ।

घटनालगत्तै उक्त स्थानमा पुगेका ‘देवेन्द्र’ नाम गरेका लेखा अधिकृतले कुटाई खाएका छन् भने बस तोडफोड भएको छ । आक्रोसित भिडले प्रिन्सिपललाई कारवाही गर्नुपर्ने माग राख्दै विरोध गरेका छन् । सर्वसधारणले लाश उठाउन दिएका छैनन् । सार्वजनिक बस भाडामा लिएर विद्यार्थी बोकिएको थियो । उक्त घटनाको बीमा दावी सम्बन्धीत कम्पनीमा पर्ने देखिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS