Prabhu Life Ad Final

एशियन लाइफको अभिकर्ता सम्मान तथा पुनर्ताजगी तालिम सम्पन्न

दाङ्ग । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड दाङ्ग शाखाले अभिकर्ता पुनर्ताजगी तालिम तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

आर्थिक वर्ष २०७५।०७६ मा दाङ्ग शाखाबाट उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ता तथा बिजनेस म्यानेजरहरूलाई दाङ्गको एकान्त होटलमा एक कार्यक्रमका बीच सम्मान गरेको कम्पनीको दाङ्ग शाखाले जनाएको छ ।

NLIC

कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट हुने अभिकर्ता तथा बिजनेस म्यानेजरहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो । उक्त कार्यक्रमको अध्यक्ष एशियन लाइफ इन्स्योरेन्सका दाङ्ग शाखा प्रबन्धक केशव राज गिरीले गरेका थिए ।

त्यस्तै कार्यक्रमका प्रमुख अतिथि त्यस क्षेत्रका सामाजिक व्यक्तित्व, समाजसेवी तथा बि.एम. बल्देव शर्मा, विशिष्ट अतिथि अर्जुन कुमार श्रेष्ठ रहेका थिए । त्यस्तै कार्यक्तमको अतिथिहरु जनार्दन शर्मा, भागवत घिमिरे तथा गणेश अधिकारी रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App