IME Life

नेपाल लाईफका कारण अन्य कम्पनीलाई अप्ठेरो, बजारमा दबदवा बढ्दो

SPIL
NIC ASIA

काठमाडौं । जीवन बीमा कम्पनीहरुको पहिलो त्रैमास सकिएको छ । ब्याक डेटेड कारोबार गर्न नपाइने हुँदा गत असोज ३० गतेको कारोबारलाई नै अन्तिम कारोबार हुने अपेक्षा गरिएको छ । प्रथम त्रैमासमा बीमा कम्पनीहरुको वित्तीय विवरणमा खासै ठूलो अन्तर नहुने देखिएको छ । विभिन्न जिल्लामा गरिएको अनौपचारिक सर्वेक्षणमा नेपाल लाईफले अन्य बीमा कम्पनीभन्दा राम्रो कारोबार गरेको देखिएको छ भने अन्य कम्पनीहरुको कारोबारमा खासै उत्साह देखिएको छैन । यद्यपि बीमा कम्पनीहरुको वित्तीय विवरण भने प्रकाशन बाँकी छ ।

पहिलो चौमास भर्खरै सकिएको छ । पहिलो चौमासको वित्तीय विवरण कार्तिकको अन्तिममा मात्रै प्रकाशन हुनेछ । तर इन्स्योरेन्स खवरले गरेको एक अध्ययनमा नेपालको पश्चिम क्षेत्र, पोखरा, बुटवल, नेपालगन्ज, सुर्खेत लगातयका स्थानमा नेपाल लाईफले अन्य कम्पनीभन्दा निकै राम्रो कारोबार गर्न सफल भएको देखिएको छ । अन्य बीमा कम्पनीहरुलाई ति क्षेत्रमा काम गर्नै गाह्रो बन्दै गएको छ । पूर्वी नेपालका कतिपय जिल्लामा नयाँ खुलेका कम्पनीहरुले रेडर्क तोड्ने काम गरेपनि नेपाल लाईफको दवदवालाई चिर्न नसकिएको अन्य कम्पनीका प्रतिनिधिहरुले बताएका छन् । एक एजेन्सीले आफ्नो प्रतिक्रिया दिँदै भने, ‘यस पटक नेपाल लाईफको दबदवा विगतका वर्षभन्दा निकै बढि देखियो, अन्य कम्पनीहरुलाई काम गर्नै गाह्रो भएको छ ।’

Prabhu
Crest

नेपाल लाईफको बोनसदर मात्रै नभएर कम्पनीले शाखा तथा एजेन्सीहरुलाई दिने इन्सेन्टीभ समेत मुख्य रुपमा जिम्मेवार भएको अधिकांशको प्रतिक्रिया छ । नेपाल लाईफसँग प्रतिस्पर्धा गर्न परम्परागत सोच राखेर नहुने केही एजेन्सीहरु बताउँछन् । आक्रामक बजार बिस्तारमा लागेकाले नयाँ कम्पनीहरुलाई गाह्रो भएको उनीहरुको बुझाई छ । यस पटक पनि नेपाल लाईफ नै पहिलो कम्पनी बन्ने अधिकांश एजेन्सीहरु स्वीकार गर्दछन् । ‘बजारमा मान्छे तयार गर्दा नगर्दै नेपाल लाईपले भ्याईसक्छ, अब नयाँ रणनीति बनाएर अघि बढ्नुको विकल्प छैन ।’ बाँकेका एक एजेन्सीले भने ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS