IME Life

सर्वोच्च अदालतद्वारा स्थानिय जनप्रतिनिधिले लिएको तलब भत्ता खारेज

SPIL
NIC ASIA

काठमाडौं । स्थानीय जनप्रतिनिधिले संविधान विपरित तलब लिएको भन्दै परेको एक रिटमाथि फैसला गर्दै सर्वोच्च अदालतले स्थानीय जनप्रतिनिधिले लिँदै आएको तलब भत्ता खारेज गरिदिएको छ ।

शुक्रबार सर्वोच्च अदालतले यस्तो फैसला गरेको हो । सर्वोच्च अदालतको आदेशसँगै स्थानीय तहका जनप्रतिनिधिले अबदेखि मासिक पारिश्रमिक नपाउने भएका छन् । सर्वोच्च अदालतले जनप्रतिनिधिले तलब पाउने गरी बनाइएका कानूनलाई असंवैधानिक ठहर गर्दै खारेज गर्ने फैसला सुनाएको छ ।

Prabhu
Crest

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको संवैधानिक इजलासले त्यस्तो आदेश गरेको हो । सर्वोच्च अदालतले स्थानीय तहका जनप्रतिनिधिले मासिक तलब लिन नपाउने फैसला गर्दै ६ वटा प्रदेशले बनाएका त्यससम्बन्धी कानून खारेज गरिदिएको छ ।

प्रदेश १ बाहेकका अन्य प्रदेशका स्थानीय तहले आफ्ना प्रतिनिधिलाई मासिक तलब सुविधा दिने गरी ‘स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुविधासम्बन्धी ऐन’ बनाएका थिए । प्रदेश नं १ मातहतका स्थानीय निकायका जनप्रतिनिधिहरुले भने तलब भत्ता नलिई काम गर्दै आएका थिए ।

नेपालको संविधान २०७२ को धारा २२० (८) र २२७ को विपरीत तलब भत्ता लिएको सर्वोच्च अदालतको ठहर छ । धारा २२० (८) मा ‘जिल्ला सभाको सञ्चालन, जिल्ला समन्वय समितिका सदस्यले पाउने सुविधा तथा जिल्ला सभा सम्बन्धी अन्य व्यवस्था प्रदेश कानून बमोजिम हुनेछ’ भन्ने व्यवस्था छ ।

अधिवक्ता लोकेन्द्रबहादुर ओलीले स्थानीय तहका यी कानून संविधानसँग बाझिएको भन्दै खारेजीको माग गरी १ भदौ २०७६ मा सर्वोच्च अदालतमा रीट दायर गरेका थिए । ६ भदौमा सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रदेश सरकारहरूलाई कारण देखाऊ आदेश जारी गर्दै दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS