IME Life

आफ्नै बीमा गरेर अभिकर्ता बनेकी निर्मलाको उत्साह

SPIL
NIC ASIA
निर्मला पिया शिल्पकार, एजेन्सी म्यानेजर, महालक्ष्मी लाइफ इन्स्योरेन्स

निर्मला पिया शिल्पकार महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीमा एजेन्सी म्यानेजरका रुपमा कार्यरत छिन् । उनी बीमा अभिकर्ता पेशा लगानी बिनाको आम्दानी गर्ने सबैका लागि उपयुक्त थलो भएको दावी गर्छिन् । “अरु पेशा गर्दा लगानी गर्नुपर्ने हुन्छ । अभिकर्ता पेशा यस्तो पेशा हो जहाँ बिना लगानी मनग्गे आम्दानी गर्न सकिन्छ । त्यसैले यो पेशामा जोडिए ।” उनले भनिन् ।

२०७५ माघ २० देखि बीमा अभिकर्ता पेशामा जोडिन पुगेकी निर्मला पिया सिल्पकारले शुरुको बीमा आफ्नै गरिन् । नयाँ कामको शुरुवात आफैबाट गर्नु उचित ठान्दै उनले पहिलो बीमा आफ्नै गरिन् । आफ्नै बीमा गरी अभिकर्ता पेशाको यात्रा अगाडि सोरेकी सिल्पाकारले त्यसपछिको बीमा दिदिको बीमा गरेर पेशालाई निरन्तरता दिईन् । सुरुमा नपत्यकाकी उनले जब व्यापार बढ्दै गयो र आम्दानी समेत हुँदै गयो अनि झनै पूर्ण रुपमा पेशामा लगनशील हुन थालिन् ।

Prabhu
Crest

शुरुमा त यो पेशा उनलाई कहाँ सहज थियो र ? शुरुको बीमा गर्न आफुलाई जटिल परेको भोगाई उनले सुनाईन् । दिदीको बीमा गर्ने निधो त गरिन्, दिदीले पैसाको जोहो पनि गरिसकेकी थिईन् । तर उनको मन एकाएक परिवर्तन भएको उनले सुनाईन् । यति हुँदा हुँदै पनि निर्मलाले धर्यतालाई आत्मसाथै गर्दै उनै दिदिको बीमा गर्न सफल भईन् ।

हातमा परिसकेको बीमा पनि फुत्किन लागेको तीतो अथार्थ उनले साटिन् । ‘शुरुमा त मलाई यो पेशा गार्हो लाग्यो, पछि काम गर्दै जाँदा र म आवद्ध भएको टिमले मलाई हौसला दियो र आज यो पेशामा रहिरहेकी छु । ’

सरस्वती पन्थी नाम गरेकि दिदीको प्रेरणामा आफु बीमा अभिकता पेशामा जोडिन पुगेको निर्मलाले बताईन् । निर्मलालाई सरस्वतीले बीमा अभिकर्ताको प्रस्ताव लिएर गएकी थिईन् । अभिकर्ता पेशामा आउनुको श्रेय उनै दिदिलाई दिन चाहन्छिन् निर्मला ।

सुरुवाती बीमा उनका लागि संघर्षपूर्ण भईदियो । त्यहि संघर्ष र धैर्यता निर्मलाका लागि बीमा अभिकर्ता पेशाको सफलताको सुत्र बनिदियो । उनी अभिकर्ता पेशा बाहेक मार्केटिङ फिल्डमा आवद्ध रहँदै आएकी छिन् । साथै आफ्नै छुट्टै व्यापार व्यवसाय सम्हाल्दै आईरहेकी छिन् । मार्केटिङ फिल्डमा नै काम गर्ने भएकाले पनि होला उनलाई त्यसपछिको यात्रा अभिकर्ता नै सहज लाग्न थाल्यो । बीमा अभिकर्ता पेशा त उनको पार्ट टाईमको पेशा मात्रै हो । व्यापार व्यवसायसँगै बीमा अभिकर्ता पेशालाई पनि सँगसँगै लिएर हिडेकी निर्मला भन्छिन्, “बीमा अभिकता पेशा स्वतन्त्र पेशा हो ।” अरु पेशा व्यवसायबाट बचेको समय उनी अभिकर्ता पेशालाई दिन्छिन् । त्यसैले त उनी बीमा अभिकर्ता पेशालाई समयका हिसाबले स्वतन्त्र पेशा, कमाईका हिसाबले उत्कृष्ट पेशाका रुपमा लिन्छिन् ।

४३ सालदेखि विभिन्न सामाजिक कार्यमा आवद्ध रहँदै आएकी निर्मला अभिकर्ता पेशालाई सामाजिक पेशाका रुपमा लिन्छिन् । उनी दियालो परिवारकी पूर्व अध्यक्ष पनि हुन् । सामाजिक काम गर्दाखेरि कसैलाई एक छाक खाना दिनुभन्दा पनि कसैको भविष्यलाई बीमाबाट सुरक्षित गर्नु राम्रो जस्तो लागेर उनी यो पेशामा आवद्ध भएकी थिईन् । बीमा भनेको सामाजिक काम पनि हो रहेछ भन्ने लागेर आफु यो पेशामा संलग्न भएको उनले सुनाईन् ।

थोरै लगानीमा भविष्यमा आईपर्न सक्ने ठुलो क्षतिलाई सामाना गर्न बीमाले सघाँउ पुर्याउँछ । ‘बीमा भनेको बचत गर्ने बानी हो । बीमा गर्नु जो सुकैलाई पनि आवश्यक छ, भैपरि रुपमा आउने जोखिमलाई सामना गर्न बीमाले सहयोग गर्दछ ।’ निर्मलाले भनिन् । “बचत सँगसँगै सुरक्षा पनि हुने भएकाले बीमा अपरिहार्य छ । बीमा हुने खानेका लागि भन्दा पनि हुँदा खानेहरुका लागि जरुरी छ । हामी बीमा अभिकर्ताहरुले हुने खानेलाई भन्दा पनि हुँदा खानेहरुलाई बीमाको दायरामा ल्याउनुपर्दछ ।”

अभिकर्ता पेशामा आवद्ध भएपछि सबै तह र तप्काका मान्छेसँग भेट गर्ने अवसर उनलाई मिल्यो । समाजमा सबैले चिने । आर्थिक रुपमा स्वतन्त्र भईन् । उनको जीवनमा नयाँ मोड आयो । जुनसुकै पेशामा पनि राम्रा पक्षका साथै नराम्रा पक्ष पनि हुन्छन् । आर्थिक पक्ष एकदमै राम्रोसँग ग्रोथ हुनु अभिकर्ता पेशाको राम्रो पक्ष हो । निरन्तर रुपमा लागि परेर काम गर्ने अभिकर्ताले समाजमा नाम कमाउँन सक्ने उनको अनुभव छ ।

बीमा अभिकर्ता पुलको रुपमा रहेर काम गर्ने व्यक्ति हो । शिल्पकार भन्छिन्, “अभि भनेको अहिले भखरै र कर्ता भनेको गर्ने मान्छे हो । बीमा अभिकर्ता भनेको बीमा कम्पनी र बीमितबीचमा पुलको रुपमा काम गर्ने व्यक्तिका रुपमा अभिकर्तालाई लिएकी छु । ”

एउटा सफल बीमा अभिकर्तामा विभिन्न खालका गुणहरु हुनुपर्ने भोगाई छ । अभिकर्ता आफ्नो पेशाप्रति लगनशिल र निरन्तर रुपमा लागि पर्नुपर्ने भएर निर्मलाको अनुभव छ । निरन्तर रुपमा लागि पर्ने जो कोही पनि यो पेशामा सफल हुन सक्ने अनुभव छ उनमा छ । अभिकर्तामा धैर्यता हुनुपर्ने निर्मला बताउँछिन् । मेहनती, इमान्दार, सहनशीलता, धैर्यता, बीमा बुझाउन सक्ने गुणहरु मुख्य रुपमा बीमा अभिकर्तामा हुनुपर्ने निर्मलाको अनुभव छ ।

आजपनि नेपाली समाजमा बीमाको प्रस्तावलाई सहजै स्वीकार गर्ने मान्छे कमै भेटिन्छन् । बीमा गर्नु पर्छ भन्ने चेतना नभएकाहरुलाई बीमा बुझाउनु नै बीमा बजारमा देखा परेको चुनौति रहेको उनको अनुभव छ । सिल्पकार भन्छिन्, “बीमाका बारेमा कुरा गर्नु छ भन्दा आज पनि कतिपय व्यक्तिहरु तर्किएर हिड्ने गर्छन् । बीमाको कुरा गर्नु छ भन्दा ला अब के पो गर्ने हुन् भन्ने मनसाय बोकेका व्यक्तिहरु अझै समाजमा पाईन्छन् ।”

बीमा अभिकर्ता पेशामा प्रवेश गर्न चाहने नवप्रवेशीहरुलाई लक्षित गर्दै उनले निरन्तर रुपमा लागि परेर काम गर्दा आम्दानीको हिसाबले अभिकर्ता पेशा राम्रो रहेको बताईन् । एसएलसी पास वा सो भन्दा माथिको शैक्षिक योग्यताको प्रमाणपत्र लिएर यत्तिकै घरमै बसिरहेकाहरुलाई निर्मला बीमा अभिकर्ता पेशामा पनि भविष्य छ भन्न चाहन्छिन् ।

“अभिकर्ता पेशा सामाजिक काम हो, सामाजिक काम गरेर सुरक्षा दिए वापत हामीलाई पनि आम्दानी हुन्छ ।” उनले भनिन् । आर्थिक रुपमा सबल हुने पेशा भएकाले यो पेशा राम्रो छ । उनले भनिन् । बीमा के हो ?, बीमा कसरी गर्ने ?, आफु आवद्ध भएको कम्पनीमा कस्ता खालका पोलिसी छन् भन्ने कुराहरुका बारेमा जानकारी लिएर बीमा अभिकर्ता पेशामा लाग्नुपर्ने उनको अनुभव छ । आफ्नो योग्यता हुँदा हुँदै पनि यत्तिकै घरमा समय खेर फालेर बस्नुभन्दा पनि यो पेशामा लाग्न सक्ने सल्लाह उनी दिन चाहन्छिन् ।

“संसारमा बीमा अभिकर्ता भन्ने वित्तिकै सम्मानित पेशाका रुपमा लिईन्छ । अन्य देशको तुलनामा नेपालमा भने यो पेशालाई तल्लो दर्जाको पेशा हो । यो पेशा नराम्रो पेशा हो भनेर चिन्ने गरिन्छ ।” उनले आफ्नो अनुभव साटिन् । “अभिकर्ताप्रति नकारात्मक सोच राख्ने व्यक्ति जो छन्, उनीहरुलाई यो पेशा पनि राम्रो पेशा हो है भनेर बुझाउनका लागि बीमा अभिकर्ता पेशामा लागि परेका स्वंयम हामीले नै पहल गर्नुपर्छ ।”

अभिकर्ताहरुले आफ्नो कर्तव्य निर्वाह गरेमा यो पेशा सम्मानित तथा मर्यादित हुने उनले बताईन । अभिकर्ता पेशालाई मर्यादित र सम्मानित बनाउन बीमा कम्पनीहरु तथा बीमा समितिको पनि उत्तिकै भुमिका रहने उनको बुझाई छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS