Prabhu Life Ad Final

महुली लघुवित्तद्धारा ३१.५८ प्रतिशत लाभांश प्रस्ताव

IME PAY
IME Life

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/ ७६ को लागि लाभांश घोषणा गरेको छ । लघुवित्तले आफ्ना शेयरधनीलाई ३१ दशमलव ५८ प्रतिशत लाभांश दिने भएको छ ।

कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट २० प्रतिशत बोनस सेयर र ११ दशमलव ५८ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।

लघुवित्तले २ करोड ४ लाख रुपैयाँ बरबरको बराबरको बोनस वितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै, नगद लाभांश र बोनस सेयर कर प्रयोजनका लागि १ करोड १८ लाख १० हजार ५८० रुपैयाँ वितरण गरिनेछ ।

लघुवित्तको प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाबाट अनुमोदन भएपछि वितरण प्रक्रिया सुरु हुने संस्थाले जनाएको छ ।

हाल लघुवित्तको चुक्ता पुँजी १० करोड २० लाख रुपैयाँ रहेको छ । बोनस वितरण पछि लघुवित्तको पुँजी १२ करोड २४ लाख रुपैयाँ पुग्नेछ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS