IME Life

एनआरएनको निर्वाचनमा लफडा, विदेशदेखि आएका प्रतिनिधिले भने ‘हामी भेडाबाख्रा होइनौं’

SPIL
NIC ASIA

काठमाडौं । नेपालको पूर्वाधार, बैंकिङ तथा बीमा क्षेत्रमा ठूला लगानी गरेका गैर आवासीय नेपाली संघ यतिबेला नयाँ नेतृत्व चयनका लागि काठमाडौंमा निर्वाचन गर्दैछन् । सो समाचार तयार गर्दासम्म मतदान जारी छ ।

नवौं विश्व सम्मेलनमार्फत नयाँ नेतृत्व समेत चयन हुने हुँदा ढिलाई भएको छ । नयाँ नेतृत्व चयनका लागि तोकिएको निर्वाचन छ घण्टा ढिलो हुँदा विदेशबाट आएका प्रतिनिधिहरुले आक्रोस व्यक्त गरेका छन् । निर्धारित कार्यतालिका ३ बजेदेखि मतदान हुने भनिए पनि साँझ ५ बजेका लागि सारिएको थियो । उल्लेखित समयमा समेत मतदान हुन नसकी राति नौ बजे बल्ल मतदान सुरु भएको छ ।

Prabhu
Crest

मतदान ढिलो भएपछि मतदानस्थल ह्यायात रिजेन्सी होटलमै मतदाताहरुले नाराबाजी गरेका थिए । विदेशदेखि आएका प्रतिनिधिहरुले चार चार दिन लगाएर बर्वाद पारेको भन्दै हामी भेडा बाख्रा होइनौं, अध्यक्षलाई भेट्न देऊ भन्दै नाराबाजी गरेका छन् ।

मंगलबारदेखि नवौं अन्तर्राष्ट्रिय सम्मेलन तथा महाधिवेशनबाट केन्द्रीय समिति तथा क्षेत्रीय संयोजकसहित ४२ जना पदाधिकारीको निर्वाचित हुँदैछन् । विश्वभर छरिएर रहेका ८१ मुलुकबाट दुई हजार पाँच सयभन्दा बढि प्रतिनिधिहरु सहभागी सम्मेलनमा नयाँ नेतृत्वको लागि वर्तमान उपाध्यक्ष कुमार पन्त र कुल आचार्य प्रतिस्पर्धामा उत्रिएका छन् ।

नेपालमा एनआरएनहरुको बैंक, बीमा, वित्तीय कम्पनी, हाईड्रोलगायतका पूर्वाधार क्षेत्रमा समेत लगानी रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS