काठमाडौं । सानिमा बैंकको पन्ध्रौ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकले गत आर्थिक बर्षको मुनाफाबाट प्रस्ताव गरेको लाभांश लगायतका विभिन्न एजेण्डा पारित गरेको छ ।बैंकका अध्यक्ष विनय कुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त सभाले प्रस्तावित लाभांश पारित गरेको हो ।
गत आर्थिक वर्ष २०७५।७६ को मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर सहित ११ दशमलव ०५२६ प्रतिशत नगद लाभांश गरी कुल २१ दशमलव ०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
त्यसैगरी बैंकले उपयुक्त बैंक तथा वित्तीय संस्थालाई आफुमा गाभ्न तथा मर्जर प्रकृयाको लागि सहमति वा सम्झौता गर्न तथा मर्जर सम्बन्धि सम्पुर्ण प्रकृयाको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ । साधारणसभाबाट बैंकको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, वार्षिक वित्तीय विवरण, एकीकृत वित्तीय विवरणलगायत महत्वपूर्ण प्रतिवेदनहरु पनि पारित गराएको छ ।