IME Life

लोकसेवा आयोगमा ६८८ सहसचिव र उपसचिवको विज्ञापन खुल्यो

SPIL
NIC ASIA

काठमाडौं । नेपाल सरकारका लागि कर्मचारी भर्ना गर्ने निकाय लोक सेवा आयोगले सहसचिव र उपसचिव पदमा ६८८ जनाका लागि विज्ञापन प्रकाशित गरेको छ । आन्तरिक बढुवा तथा खुल्ला प्रतिस्पर्धाबाट नियुक्ती गर्नको लागि यति ठूलो संख्यामा उच्च पदस्थ कर्मचारीहरुको भर्ना गर्न लागेको हो ।

लोकसेवा आयोगले निजामती सेवा र स्वास्थ्य सेवातर्फ (एघारौं र नवौं तह) का पदमा बुधबार विज्ञापन प्रकाशित गर्दै दरखास्त आह्वान गरेको हो । लोकसेवा आयोगले बुधबार गोरखापत्रमा सूचना प्रकाशित गर्दै सो पदमा विज्ञापन गरेको हो । लोकसेवा आयोगले खुलाएको विज्ञापनमा निजामतीतर्फ १८१ जना सहसचिव र ३९३ जना उपसचिव तथा स्वास्थ्य सेवातर्फ ३५ जना सहसचिव र ७९ जना उपसचिवका लागि आवेदन खुल्ला गरिएको छ । सहसचिव र उपसचिव पदमा एकैपटक यति धेरै संख्यामा विज्ञापन खुलाइएको यो इतिहासमै पहिलोपटक हो । लोकसेवा आयोगले अप्राविधिकतर्फ प्रशासन सेवामा सबैभन्दा धेरै ३७ जना सहसचिव माग गरेको छ । प्राविधिकतर्फ इन्जिनियरिङ, सिभिल, हाइवेतर्फ ३ जना र विल्डिङ एण्ड आर्किटेक्टतर्फ २ जना सहसचिवको विज्ञापनमार्फत आवेदन माग गरेको छ ।

Prabhu
Crest

प्राविधिकतर्फ नै हाइड्रोपावर, टेलिकम्युनिकेसन, केमेष्ट्री, मत्स्य, बाली संरक्षण, एगृ इन्जिनियरिङ, वन र शिक्षा प्रशासनतर्फ एक(एक जना सहसचिवको विज्ञापन खुलाएको छ । लोकसेवाको बिज्ञापनमा उपसचिव पदमा प्रशासनतर्फ ७० र राजश्वतर्फ ५ जनाको विज्ञापन खुलाइएको छ । यसैगरी इन्जिनियरिङ सर्भेमा ४ तथा स्यानिटरी, कृषि भेटेरिनरी र सूचना प्रविधि निर्देशक पदमा ३–३ जनाको कोटामा भर्ना खुलाइएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS