Prabhu Life Ad Final

गैर आवासीय नेपाली संघले बालुवाटारमा किनेको जग्गामा पश्चाताप

IME PAY
IME Life

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले केन्द्रीय कार्यालय भवन बनाउन बालुवाटारस्थित विवादास्पद जग्गा खरिदमा पश्चाताप व्यक्त गरेको छ । एनआएनले आज पत्रकार सम्मेलन नै गरेर बालुवाटारस्थित ललिता निवासको विवादास्पद जग्गा खरिद गरिनु गल्ती भएको जनाएको हो ।

एनआरएनएका महासचिव बद्री केसीले भने, ‘संस्थाको नाममा जग्गा छ । ब्युरोक्रेसीबारे नजान्दा अहिले समस्या आएको हो, राज्यबाट जनता ठगिएझैं हामी पनि ठगियौं ।’

हाल विवादित भनिएको जग्गा आफूहरुले पैसा तिरेर किनेको र लालपूर्जा संस्थाकै नाममा रहेको पनि जिकिर गर्दै उक्त समस्या हल गर्न सरकारसँग आग्रह गरेका छन् । मालपोत कार्यालयबाट पास गरेको जग्गा अर्कैको हुने राज्यसंरचना दोषी रहेको संघले जनाएको छ ।

यसैबीच, एनआरएनभित्र निर्वाचनको मुखमा आएर विवाद देखिन खोेजेको छ । सोमबार एकै पटक अध्यक्ष र महासचिव तथा उपाध्यक्षले दुई पटक पत्रकार सम्मेलन गरेका छन् । अध्यक्ष भवन भट्ट नआई अनाधिकृत रुपमा पत्रकार सम्मेलन गरेपछि अध्यक्ष भट्टले पुन औपचारिक पत्रकार सम्मेलन गरेका छन् ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS