IME Life

घुमफिरमा जाँदै हुनुहुन्छ ? यात्रा बीमा गरौं

SPIL
Sanima Reliance

काठमाडौँ । दशै, तिहार, छठ पर्वको बीचमा नेपालीहरुको देश विदेश घुमफिर गर्ने पुरानो चलन नै छ । दशैं भर्खरै सकिएको छ, तिहार र छठ पर्व आउँदैछ । वर्षदिनमा आउने यी चाडहरुलाई नेपालीहरुले धुमधामका साथ मनाउने गर्छन् । दशैं र तिहारको बीचमा बिदा मिलाएर घुमफिर गर्ने प्रचलन बढ्दैछ ।

यात्रालाई मानिसको जीवनको सबैभन्दा ठूलो सिकाईको रुपमा लिईन्छ । यात्राबाट नयाँ ठाउँ, परिवेशको जानकारी मात्रै हैन् त्यहाँको रहन, सहन, जीवनशैली, सँस्कृति, परम्परा पनि सिक्ने अवसर मिल्छ । व्यस्त दिनचर्यामा केही दिन फरक परिवेशमा रमाउँदा धेरै कुरा सिक्ने अवसरका साथै आनन्दको अनुभूति पनि गर्न पाईन्छ ।

Crest
Meta Holidays

तर, यात्रा जति आनन्दमय र रमाईलो हुन्छ नी उत्ति नै दुखदायी पनि नहोला भन्न सकिदैन् । बिषेश गरी विदेश यात्रा गर्दा कहिले काँही विरामी हुने, बाटोमा सामान हराउने, चोरी हुने, पासपोर्ट हराउँने लगायतका समस्या पर्न सक्छन् । जसले तपाई हाम्रोे यात्रालाई निराशजनक बनाउँन सक्छ । यात्रा गर्नु अघि देखेका हाम्रा सपनाहरु यत्ति कै अर्थहिन नहोलान् भन्न सकिदैँन् ।

तर, यस्तो बेलामा यात्रा बीमा तपाई हाम्रा लागि महत्वपूर्ण हुन् पुग्छ । यदि हामीले यात्रा बीमा गरेर यात्राका लागि निस्किएका छौँ भने यात्रामा आई परेका समस्याहरुलाई कम गर्न सहज वातावरण मिल्छ । यदि यात्रा गर्दा तपाई हामीले बीमा गर्यौँ भने तपाई हाम्रो यात्रा सुरक्षित हुन सक्छ । यात्रामा हुने यस्ता खालका जोखिम कम गर्न “यात्रा बीमा” गर्नु आवश्यक छ । बैलैमा सोचेर वैदेशिक भ्रमणका लागि निस्किनु भन्दा अगावै बीमा कम्पनीहरुमा गएर यात्रा बीमाका बारेमा बुझि यात्रा बीमा गर्नु जरुरी हुन्छ ।

बिदेशी भुमिमा बिरामी हुँदा उपचार खर्च महंगो हुन्छ । जुन तपाई हाम्रो लागि खर्चिलो हुनका साथै आर्थिक भार पनि पर्न जान्छ । त्यसैगरी सामान हराउँदा पनि समस्या पर्न सक्छ । त्यस्तो समयमा यस यात्रा बीमाले तपाईको सुरक्षा गर्छ ।

किन आवश्यक छ यात्रा बीमा ?
यात्राका बेलामा आईपरेका विभिन्न समस्याहरु समाधान गर्न यात्रा बीमाले मद्दत गर्दछ । यात्रा अवधिमा बिरामि भएमा औषधि उपचार खर्च पनि यात्रा बीमाले व्योहोर्छ । विदेश यात्रा गर्दा पासपोर्ट वा लगेज हराएमा चोरी भएमा पनि यात्रा बीमाले क्षतिपुर्ति प्रदान गर्छ । प्राकृतिक तथा आतंकवादी गतिविधिले यात्रा स्थगित भएमा वा यात्राको अवधि लम्बिदा थपिने आर्थिक भार पनि यात्रा बीमाले तिर्न मद्धत गर्छ । कतिपय मुलुकमा यात्रा बीमा विना सो देश प्रवेश गर्न पाईदैन । तर, केही देशहरुमा भने यसलाई अनिवार्य गरिएको छैन । तर, तपाईले अनिवार्य नभएको मुलुकमा जादाँ पनि बीमा गर्नु भयो भने यात्रामा आउने विभिन्न खालका समस्या भोग्नु पर्दैन ।

यात्रा बीमा यसरी गर्न सकिन्छ ?
उमेर, घुम्न जाने मुलुक, यात्रा अवधि अनुसार बीमाशुल्क भुक्तानी गरेपछि यात्रा बीमा योजना खरिद गर्न सकिन्छ । नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीहरुबाट यात्रा बीमा योजना खरिद गर्न सकिन्छ । कुनै पनि कम्पनीको पाईक पर्ने शाखामा गएर खरिद गर्न सकिन्छ । तपाईको बीमा योजनाले तपाईको यात्रा अवधिभर हुने जोखिमलाई ग्रहण गर्छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x