IME Life

राष्ट्रपति भण्डारी चिनियाँ समकक्षीबीच भेटवार्ता सम्पन्न

SPIL
NIC ASIA

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ समकक्षी सी जिनपिङबीच शनिबार साँझ शितल निवासस्थित राष्ट्रपति भवनमा भेटवार्ता सम्पन्न भएको छ ।
दुई दिने राजकीय भ्रमणका लागि शनिबार अपरान्ह काठमाडौं आईपुगेका चिनियाँ समकक्षी सीसँगको भेटवार्ताको क्रममा राष्ट्रपति भण्डारीले द्धिपक्षिय हित, आसपी चासोलगायतका विषयमा कुराकानी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति भण्डारी र चिनियाँ समकक्षीबीच करिब पौने घण्टा लामो कुराकानी दुई देशबीचको आपसी सम्बन्ध तथा नेपाल–चीन सहयोग आदानप्रदान लगायतका विषयमा केन्द्रीत रहेको जनाइएको छ ।

Prabhu
Crest

भेटवार्तापछि राष्ट्रपति भण्डारी तथा समकक्षी सी सोल्टीहोटलमा आयोजना गरिएको रात्रीभोजमा सहभागी हुन प्रस्थान गरेका छन् । शनिबार अपरान्ह आईपुगेका चिनियाँ समकक्षीको स्वागतको लागि राष्ट्रपति भण्डारी आफै विमानस्थल पुगेकी थिईन भने सीको स्वागतका लागि उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधामन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिम्सिना, मन्त्रीहरु, उच्चपदस्थ सरकारी अधिकारीहरु विमानस्थल पुगेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS