काठमाडौं । दुई दिने औपचारिक भ्रमणको क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङ एक सय जना प्रतिनिधि मण्डलको नेतृत्व गर्दै भर्खरै काठमाडौं आईपुगेका छन् । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति सी सवार बोईङ ७४७ जहाज अपरान्ह ४ः११ मा काठमाडौंमा अवतरण गरेको हो ।एयर चाईनाको सो जहाजबाट सी बाहिरिएसँगै विमानस्थलमै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्नेछन् । त्यसपछि परिचय गराउने तथा नेपाली सेनाले सलामी अर्पण पश्चात सोल्टी होटलतर्फ प्रस्थान गर्नेछन् । अपरान्ह ४ः३० बजेपछि आईपुग्ने भनिएको सी सवार जहाज कार्यतालिकाभन्दा झण्डै २० मिनेट पहिले नै काठमाडौंमा अवतरण गरेको हो ।
चिनियाँ राष्ट्रपति सी काठमाडौंमा

