IME Life

चिनियाँ राष्ट्रपति सीको स्वागत गर्न ग्रेटर नेपाललाई प्रतिबन्ध !

SPIL
NIC ASIA

काठमाडौं । सरकारले आजदेखि दुई दिने चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको क्रममा स्वागत गर्न ग्रेटर नेपाल राष्ट्रवादी मोर्चालाई प्रतिबन्ध लगाएको छ ।

लिखित प्रतिबन्ध लगाएको नभई ग्रेटर नेपालका संयोजक फणिन्द्र नेपाललाई प्रहरीमार्फत दवाव सिर्जना गरी चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणमा स्वागत समेत गर्न नदिएको जनाएका छन् । विमानस्थल बाहिर स्वागत गर्न जाने कार्यक्रम प्रहरी धरपकडको कारण स्थगित गर्नु परेको संयोजक नेपालले सामाजिक सञ्जाल फेसबुकमार्फत जनाएका छन् ।

Prabhu
Crest

चिनियाँ राष्ट्रपति सि जिनपिङको स्वागतमा काठमाडौंमा उपलब्ध सबैं कर्मचारीहरुलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएपनि ग्रेटर नेपालको एजेण्डा उठाउने नेपालको टोलीलाई भने प्रहरीले दवाव दिएको खुल्न आएको छ । संयोजक नेपालले भारत रिसाउने डरले सरकारले दवाव सिर्जना गरी चिनियाँ राष्ट्रपति सीको स्वागत कार्यक्रम स्थगित गर्नु परेकोमा सरकारको व्यवहारप्रति खेद व्यक्त गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS