Prabhu Life Ad Final

भारतमा चिनियाँ राष्ट्रपतिको अपमान, विमानस्थलमा गभर्नरद्वारा स्वागत, मोदीले गरे बीच सडकमा भेट

IME PAY
IME Life

काठमाडौं । कुटनीतिक भाषामा भारतले चीनलाई स्वागत नगरेको सन्देश प्रवाह गरेको छ । दोस्रो इनफर्मल समिटमा भाग लिन चेन्नेई विमानस्थलमा अवतरण गरेका चिनियाँ राष्ट्रपति सि जिनपिङले स्वागत गर्न कुनै मन्त्री वा परराष्ट्र मन्त्रालयका अधिकारीहरु पुगेनन्, बरु स्थानीय गभर्नर वनवारीलाल पुरोहितले स्वागत गरे । विमानस्थलमा शुक्रबार चेन्नेई विमानस्थलमा देखिएको दृष्यले चिनियाँ राष्ट्रपति सि जिनपिङको अपमान गरेको देखिएको छ ।

राष्ट्रपति जिनपिङलाई स्वागत गर्दै गभर्नर तामिलनाडु प्रान्तका गभर्नर वनवारीलाल पुरोहित । तस्विर सौजन्यः एएनआई ।

उता, सम्मेलनस्थल महाबलिपुरमतर्फ जाँदै गरेका चिनियाँ राष्ट्रपति जिनपिङसँग भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बीच सडकमै भेटेका छन् । बीच सडकमा चिनियाँ राष्ट्रपति सि जिनपिङलाई रोकेर महाबलिपुरम मन्दिरको अवलोकन गराएका थिए । विश्व सम्पदा सूचिमा सूचिकृत उक्त मन्दिरको कलात्मक पक्षको बारेमा जानकारी गराएका थिए । चेन्नेई एयरपोर्टबाट महाबलिपुरम ५० किमी दुरीमा पर्दछ ।

चेन्नेई विमानस्थलबाट करिब ५० किमी सडक यात्रा गरेपछि चिनियाँ राष्ट्रपति सि जिनपिङसँग बीच सडकमै भेट गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी । तस्विर सौजन्यः एएनआई ।

महाबलिपुरमको बीच सडकमा मोदी एक्लै उभिएका थिए । चिनियाँ राष्ट्रपति सि चढेको गाडी झण्डै ४–५ मिटर अगाडि पुगेर रोकिएको थियो । त्यसपछि मोदी पछ्याउँदै सिसँग हात मिलाउन आएको भारतीय सञ्चार माध्यम एएनआईले सार्वजनिक गरिएको भिडियोमा देखिएको छ ।

 

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS