IME Life

शनिबार अपरान्ह चीनका राष्ट्रपति काठमाडौं आईपुग्ने, यस्तो छ भ्रमण तालिका

SPIL
Sanima Reliance

काठमाडौं । बहुप्रतिक्षित चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमण यस साता हुने भएको छ । साताको अन्त्यमा शनिबार काठमाडौं उत्रने चिनियाँ राष्ट्रपति एक रात काठमाडौंमा बिताएर भोलिपल्ट स्वदेश फर्कनेछन् । चिनियाँ राष्ट्रपति सिको नेपाल भ्रमणलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा निकै महत्वका साथ हेरिएको छ । नेपाल सरकारले चिनियाँ राष्ट्रपति सिको नेपाल भ्रमणको तयारी तीव्र गतिमा एक सातायता गर्दै आएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा आउन लागेका चिनियाँ राष्ट्रपति सि जिन पिङको नेपाल भ्रमण शनिबार अपरान्ह १२ बजेको आसपासमा काठमाडौं आईपुग्नेछन् भने आइतबार अपरान्ह नेपालबाट स्वदेश फर्कने कार्यक्रम छ । चिनियाँ राष्ट्रपति सिलाई पाँच तारे होटल सोल्टीमा राखिनेछ भने त्यहाँबाट शितल निवाससम्म जेडप्लसको सुरक्षा घेरामा पुर्याई राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता हुनेछ । त्यस्तै नेपाल र चीन बीच औपचारिक वार्ता समेत हुन । सो क्रममा केरुङ–काठमाडौं रेल्वेसहित बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)का केही नेपाल प्रस्तावित परियोजनामा सम्झौता गर्ने तयारी गरिएको छ । सो क्रममा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा (नेकपा)को अध्यक्षको हैसियतमा प्रचण्ड, माधव कुमार नेपाल, भलनाथ खनाल, प्रमुख प्रतिपक्ष दलका नेता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतका राजनीतिक नेतृत्वले समेत भेटवार्ता गर्नेछ ।

Crest
Meta Holidays

राष्ट्रपति सि जिनपिङको भ्रमणलाई रणनीतिक रुपमा समेत हेरिएको छ । शुक्रबार भारत जान लागेका राष्ट्रपति जिनपिङ त्यहाँ एक रात बिताएर भोलिपल्ट काठमाडौंमा उत्रनेछन् । काठमाडौंमा एक रात विताएर स्वदेश फर्कने कार्यकालिता तय भएको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x