IME Life

दशैंको खर्चलाई जोगाएर बीमा गरौ, चाहे जस्तो बीमा कम्पनी कसरी छनोट गर्ने ?

SPIL
NIC ASIA

काठमाडौं । यतिबेला दशैं उत्तराद्र्धमा पुगिसकेको छ । बिहिबारदेखि औपचारिक रुपमा सरकारी कार्यालय खुल्नेछ । नेपाली सर्वसाधारणहरु भने दशैंको टीका लगाउनमै व्यस्त छन् । बिजया दशमीमा आफ्नो घर परिवारमा टीका लगाएका नेपालीहरुले अब एकादशीदेखि मावल, माइती तथा आफन्तको घरमा टीका थाप्न पुग्ने गरेका छन् । दशैं सकिदैछ, नेपालीहरुको बानी छ, दशैंमा केही न केहीमा खर्च गरौं, दशैंमा तास खेलौं र खर्च गरेर मन आनन्दित बनाऔं भन्ने आदत बस्दै गएको पाइन्छ । आम्दानी स्तरलाई हेरेर खर्च गर्ने भन्दा पनि नेपाली समाजमा देखावटी खर्च गर्ने प्रवृति बढ्दै गएको छ । यस्ता खर्च गरेर बीमा गरेमा भावी जीवनमा आउने जोखिमबाट बच्न सकिन्छ ।

त्यसैले दशैंमा कार्यालयबाट आएको दशैं वोनस, अर्कोतिर टीका थाप्दा आफन्तबाट पाएको दक्षिणाबाट बचेको रकम के गर्ने सोच बनाईरहनु भएको छ भने आफूलाई उपयुक्त हुने जीवन बीमा पोलिसी लिन सक्नुहुन्छ । यसले तपाइँलाई दिगो बचतको बाटो त खोल्छ नै जोखिम न्यूनिकरणका लागि पनि ठूलो मद्धत गर्छ ।

Prabhu
Crest

विपतले कुनै संकेत दिएर नआउने भएको हुँदा हामीले समयमा नै बीमा गरेर ढुक्क हुनु नै महत्वपूर्ण विकल्प हो । त्यसैले जीवन बीमा जरुरी मात्रै होइन जीवनलाई सफल पार्न महत्वपूर्ण पनि छ ।

कसरी छनोट गर्ने जीवन बीमा ? कति प्रकारको हुन्छन् ?
हाल नेपालमा   १९ वटा जीवन बीमा कम्पनीहरु रहेका छन् । १९ वटा जीवन बीमा कम्पनीहरुमध्ये एउटा सरकारी स्वामित्वमा रहेको जीवन बीमा कम्पनी रहेका छन् भने बाँकी नीजि १८ वटा जीवन बीमा कम्पनीहरु रहेका छन् ।
प्रत्येक जीवन बीमा कम्पनीहरुले आफनो बीमा पोलिसीको बारेमा विस्तृत जानकारी आफनो वेवसाईटमा राखेको हुन्छ । अर्भिकताले नै कुरेर बस्नुपर्ने स्थिति पनि छैन । अभिकर्तामार्फत वा सिधैं आफै बीमा कम्पनीको कार्यालयमा गएर समेत जीवन बीमा पोलिसी खरिद गर्न पाउनुहुनेछ ।

कम्पनीहरुले उमेर हद पनि तोकेको हुन्छ, प्रत्येक बीमालेखमा र रक्षारण हुने र नहुने कुरा पनि स्पष्ट रुपमा राखिदिएको हुन्छ त्यसैले आफूले छनोट गर्न लागेको बीमा पोलिसीको बारेमा गहन अध्ययन गर्नु जरुरी छ । जीवन बीमाले आर्थिक सुरक्षा, लगानी तथा बचतको अवसर दिनुका साथै पूजी निमार्ण, करमा छुट जस्ता महत्वपूर्ण फाईदाहरु प्रदान गर्छ । जीवन बीमामा आजिवन बीमा, सावधिक बीमा, म्यादी बीमा, एन्युटी बीमा रहेको हुन्छ ।

निम्न आय भएकाहरुको लागि लघुबीमा
ग्रामिण क्षेत्रमा बसोबास गर्ने बीमाको दायराले समावेश गर्न नसकेका, न्यून आय भई जीविकोपार्जन गर्ने समुदायको दैनिक जीवनमा आईपर्न सक्ने सम्भावित जोखिम न्यूनिकरणमा सहयोग पुर्याउने उद्देश्यले सञ्चालित कार्यक्रम हो लघुबीमा हो ।

नेपाल सरकारले बिशेष गरी ग्रामीण क्षेत्रका जनताले पनि बीमाको सुविधा पाओस् भन्ने हेतुले यस कार्यक्रम संचालनमा ल्याएको हो । जुन कार्यक्रम संचालन भएको दुई बर्ष पूरा भएको छ ।

आर्थिक क्षमताको बारेमा बुझ्नु जरुरी
बीमा भविष्यमा भवितव्य आइपरेमा आर्थिक रूपमा स्थिर हुनका लागि गरिने प्रणाली हो । कम रकमको बीमा गरियो भने बीमा गर्नुको उद्देश्य पूरा हँुदैन । बढी रकमको बीमा गरियो भने आर्थिक क्षमताले नभ्याएर बीमाको किस्ता तिर्न हम्मे हम्मे पर्छ । तसर्थ बीमा छनोट गर्नुभन्दा पहिले बीमा लिन चाहने व्यक्तिले आफ्नो आर्थिक क्षमताको विश्लेषण गर्नुपर्छ ।

बीमाको छनोट
बीमा बजारमा थरीथरीका बीमा पोलिसीहरु रहेका छन् । ती बीमाहरू आफूलाई आवश्यक परेको नगद उपलब्धताको आधारमा छनोट गर्न सकिन्छ । यदि कसैको आम्दानी निश्चित छैन भने अग्रीम भुक्तानी बीमालेख लिनु उपयुक्त हुन्छ । अग्रिम भुक्तानी बीमालेख भनेको बीमा परिपक्व हुनुभन्दा पहिले बीमा रकमको केही अंश बीमा कम्पनीले बीमितलाई फिर्ता गर्ने बीमा योजना हो ।

बजारमा बीमा रकमको केही अंश आवधिक रूपमा फिर्ता गर्नेदेखि वार्षिक फिर्ता गर्ने बीमालेखहरू छन् । २५ वर्षका व्यक्तिका लागि वार्षिक रूपमा रकम फिर्ता गर्ने २० वर्षे सात लाख बीमा अग्रिम भुक्तानी बीमालेखमा बीमा अवधि समाप्त नहुँदै बीमितको मृत्यु भएमा अग्रिम रूपमा भुक्तानी भएको रकम कट्टा नगरी पूरै बीमा रकम तथा आर्जित बोनस रकम भुक्तानी गरिन्छ । यसरीे कम लगानीमैं परिवारको आर्थिक स्थितिको बचाउ तथा उचित प्रतिफल प्राप्त गर्न सकिन्छ । कुनै व्यक्तिको आयस्रोत तथा बचत निश्चित छ, बीमाशुल्क भुक्तानी गर्न असहज हुँदैन जस्तो लाग्छ भने सावधिक बीमा गर्न सकिन्छ । २५ वर्षको व्यक्तिले ३० वर्ष सम्म उमेर समूहको मानिस यस बीमा योजनामा सरिक हुन पाउछन् ।

बीमा कम्पनीले पनि बजारमा लगानी गरी बीमितलाई प्रतिफल दिने हो । कसैसँग लगानीको राम्रो अवसर छ भने त्यस्ता व्यक्तिहरूको लागि म्यादी बीमा उपयुक्त हुन्छ । म्यादी बीमा भनेको बीमा अवधिमा बीमितको मृत्यु भएमा मात्र बीमा रकम भुक्तानी गर्ने बीमा हो । त्यसैले यो निकै सस्तो हुन्छ । २५ वर्षको व्यक्तिले २० वर्ष उमेर समूहसम्मको मानिसहरु यस बीमा योजनामा सहभागी हुन पाउछन् । त्यस्ता व्यक्तिहरूले बीमाशुल्क तिरेर बाँकी रहेको बचत रकमलाई अन्य क्षेत्रमा लगानी गर्न सक्छन् ।

आफ्नो बृद्धावस्थामा केही सुरक्षण पाउने गरी पनि बीमा गर्न सकिन्छ । बजारमा प्रचलित सावधिक आजिवन बीमाले यो आवश्यकता पूरा गर्छ । बजारमा यस्ता बीमालेखहरू छन् जसले बीमा अवधि समाप्तिमा बीमा रकम तथा बोनस रकम भुक्तानी गर्छ भने बीमित जीवित रहेको अवस्थामा बीमितको उमेर ७० वर्ष, ७५ वर्ष, ८० वर्ष, ८५ वर्ष तथा ९० वर्ष पुग्दा बीमा रकमको २० प्रतिशतका दरले रकम भुक्तानी गर्दै जान्छ ।

कसैसँग एकमुष्ट ठूलो रकम छ र वार्षिक रूपमा बीमा नवीकरण गर्ने झण्झट लिन चाहँदैन भने त्यस्तो व्यक्तिका लागि एकल बीमाशुल्क भुक्तानी हुने बीमालेखहरू उपयुक्त हुन्छ ।यसरी कुनै पनि बीमा लिन चाहने व्यक्तिले आफ्नो परिवारिक उत्तरदायित्व आधारमा आर्थिक क्षमताको विश्लेषण गरी आवश्यक नगद उपलब्धताअनुसारको जीवन बीमा छनोट गरी जीवन बीमा लिएर जीवन बीमाको सम्पूर्ण फाइदा लिन सक्छ ।

प्रतिफलको आधार बोनसदर
जीवन बीमा कम्पनीहरूले विमितहरूलाई दिने प्रतिफल बोनसदर हो । कम्पनीहरूले वार्षिक प्रतिहजारका दरले बोनस वितरण गर्दछन् । कम्पनीहरूले नाफाको आधारमा बोनसदर घोषणा गर्छन् । कम्पनीले आम्दानी गरेको बार्षिक कुल नाफामध्ये ९० प्रतिशत रकम बिमीतहरूलाई वितरण गरिन्छ भने १० प्रतिशत रकम लगानीकर्तालाई वितरण गरिन्छ । यस्तो बोनसदर कम्पनीहरूले आर्थिक बर्ष सकिएपछि वार्षिक रुपमा घोषणा गर्दछन् । त्यसैले जीवन बीमामा बोनस दर निकै महत्वपूर्ण मानिन्छ ।

कम्पनीहरूले बोनसदर प्रतिहजारका दरले वितरण गर्छन् । यसरी घोषणा गरिएको बोनस विमितको बीमा अवधि सकिएपछि एकमुष्ट रुपमा प्रदान गरिन्छ । कम्पनीको वित्तीय अवस्था र व्यवस्थापकीय अवस्थाका आधारमा बोनसदर निर्धारण हुन्छ । बोनसदरका आधारमा नै विमितले आफनो बीमा योजना समाप्त भएपछि पाउने रकम निर्धारण हुन्छ । धेरै बोनसदर भएका कम्पनीले विमितहरूलाई धेरै रकम फिर्ता गर्दछन् भने थोरै बोनसदर भएका कम्पनीले विमितलाई थोरै रकम फिर्ता गर्दछन् ।

बीमित स्वंयले बीमालेख बारे राम्ररी जानकारी लिनु जरुरी छ
बीमा भावी जीवनमा हुने अनिश्चित जोखिमको एक साथी हो । त्यसैले बीमा गर्दा बीमा योजनाको बारेमा हामी आफैले नि बिशेष ध्यान दिनु जरुरी रहेको हुन्छ । आफूले लिन लागेका बीमा योजनामा कस्तो सुविधा समेटिएको छ । यसको बारेमा बीमीतले पनि राम्ररी बुझनु जरुरी हुन्छ । कस्तो बीमा योजना खरीद गर्दा आफूलाई उपयुक्त हुन्छ र यसमा कस्तो खालका सुविधाहरु उक्त बीमा योजनामा सरिक रहेको छ भन्ने बारेमा बीमीत स्वंयमले बुुुझ्नु जरुरी रहेको हुन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS