IME Life

समाज सेवी र राजनीतिज्ञ नमिताको परिचयमा थपियो बीमा अभिकर्ता, महिना दिनमा कार, वर्ष दिनमै चिफ एजेन्सी

SPIL
NIC ASIA
नमिता न्यौपाने, चिफ एजेन्सी म्यानेजर, (विराटनगर) आइएमई लाइफ इन्स्योरेन्स कम्पनी

लामो समयदेखि समाज सेवा र राजनीतिमा सक्रिय मोरङ नमिता न्यौपानेको जीवन दुई वर्षमा अर्को परिचय थपियो– बीमा अभिकर्ता । २०७४-७५ को आर्थिक वर्षदेखि जीवन बीमा अभिकर्ता पेशामा आवद्ध भएकी नमिता न्यौपाने हाल आइएमई लाइफ इन्स्योरेन्स कम्पनीमा चिफ विजनेश म्यानेजरका रुपमा कार्यरत छिन् । यस अवधीमा उनले कार चढ्ने आर्थिक हैसियत बनाईसकिन् । अन्य मानिसहरुले चढ्ने कारको आम्दानीको स्रोतबारे जनताको तहबाट प्रश्न उठ्न सक्ला तर बीमा अभिकर्ता न्यौपानेले राज्यलाई १५ प्रतिशत आर्जित आम्दानीमा कर तिरेर शतप्रतिशत ह्वाईट मनिबाट कारमा सरर हिड्छिन् । राजनीति र समाजसेवामा लामो संघर्ष गरेकी नमिताको जीवनमा पार्ट टाईम व्यवसाय बीमा अभिकर्ताको व्यवसायले जीवनलाई नयाँ उचाईमा त पुर्याएको छ नै अन्य बीमा व्यवसायमा लागेकाहरुको लागि सफल उदाहरण समेत बन्न सफल भएकी छिन् ।

स्कुल, कलेजदेखि नै विभिन्न पार्टी, संघ/संगठनमा जोडिन रुचि राख्ने नमिता पेशाले राजनीतिज्ञ हुन् । थुप्रै मानिसहरुले राजनीतिलाई होलटाईमरको रुपमा बुझ्दै गर्दा नमिता भने जनताको सेवा निस्वार्थ भावले गर्ने हो भने आर्थिक रुपमा सवल हुनुपर्ने धारणाका कारण पार्ट टाईम कामको रुपमा बीमा अभिकर्ता पेशा अंगाल्न पुगेकी थिईन ।

Prabhu
Crest

स्थानीय स्कुल, कलेज, विभिन्न सामाजिक संस्थामा आवद्ध उनी महिला उधमि समिति १ नम्बर प्रदेशको अध्यक्ष पनि हुन् । यी र यस्तै विभिन्न धेरै संस्था अनि संगठनमा जोडिएकी नमिता बीमा अभिकर्ता पेशाभित्र एक सफल अनि उत्कृष्ट अभिकर्ताका रुपमा चिनिन्छिन् ।

मोरङ जिल्लाको तत्कालिन नेकपा माओवादी केन्द्र हालको नेकपा (नेकपा) पार्टीमा आवद्ध नमिताले छोटो अवधी (एक वर्षमै) मा नै बीमा क्षेत्रमा उल्लेख्य प्रगति गर्न सफल भई चिफ एजेन्सी म्यानेजर बन्न सफल भइसकेकी छिन् । स्थानीय स्कुल, कलेज, विभिन्न सामाजिक संस्थामा आवद्ध उनी महिला उधमि समिति १ नम्बर प्रदेशको अध्यक्ष पनि हुन् । यी र यस्तै विभिन्न धेरै संस्था अनि संगठनमा जोडिएकी नमिता बीमा अभिकर्ता पेशाभित्र एक सफल अनि उत्कृष्ट अभिकर्ताका रुपमा चिनिन्छिन् । अरु क्षेत्रमा आवद्ध भए पनि बीमा अभिकर्ता पेशामा उनी जम्न सफल भएकी छिन् । “धेरै क्षेत्रमा आवद्ध भए पनि म यो पेशामा जम्न सफल भएको छु, आफुमा भएको बीमाको ज्ञान अरुमा दिन पाउँदा खुशी छु,” नमिता भन्दछिन् ।

सामाजिक कार्य, राजनीतिमा लागेका व्यक्तिले आफ्नो व्यक्तिगत जीविकोपार्जन केही न केही पेशामा आबद्ध भएर गर्न सकेमा निस्वार्थ रुपमा जनताको सेवा गर्न सकिने विश्वास व्यक्त गर्दछिन् ।

नमिताका लागि जीवन बीमा पेशा सामाजिक कार्य, व्यक्तिगत जीवन र राजनीति सबै कुराको लागि दरिलो सारथी बन्न पुगेको छ । त्यसैले त उनले असाध्यै छोटो अवधीमा नै नाम, दाम र सम्मान समेत पाउन सफल भएकी छिन् । जीवन बीमाबाटै मनिता अहिले महिनाको ५ देखि ७ लाख रुपैयाँसम्म आम्दानी गर्छिन् । मासिक रुपमा ५ देखि ७ दिन खट्दा नै आफ्ना लागि खर्च पुग्ने गरी आम्दानी गर्न सकिने उनको अनुभव छ । अरु पेशा व्यवसायबाट बचेको समय उनी अभिकर्ता पेशालाई दिन्छिन् । त्यसैले त उनी बीमा अभिकर्ता पेशालाई समयका हिसाबले स्वतन्त्र पेशा, कमाईका हिसाबले उत्कृष्ट पेशाका रुपमा लिन्छिन् । यो पेशामा लागेपछि उनी आर्थिक रुपमा आत्मनिर्भर भईन् ।

अभिकर्ता पेशामा लागेपछि नमिताको जीवनमा धेरै परिवर्तनहरु देखा परे । अभिकर्ता पेशाले उनको जीवनशैली नै परिवर्तन गरिदियो । कम्पनीले दिएको टार्गेट पूरा गरेर अभिकर्ता पेशामा आवद्ध भएको एक महिनामै उनले गाडी पाउन सफल भईन् । यस क्षेत्रमा प्रवेश गरेको एक महिना मै गाडी चढ्ने अवसर पाएकी नमितामा झन् झन् यही पेशामै रम्न मन लागेपछि अहिले व्यवस्थित हुन सफल भएको नमिता अनुभव सुनाउछिन् । आर्थिक उपार्जनका हिसावले तथा आत्मनिर्भरका हिसाबले अन्य पेशाको तुलनामा यो पेशामा उनी सफल रहन पुगिन् । सहज रुपमा काम गर्न सकिने भएकाले नै होला महिनाको २÷४ लाख रुपैयाँ कमाउनका लागि उनलाई अन्य पेशा भन्दा यो पेशामा सहजता मिल्न पुग्दा उनले राजनीति र समाज सेवालाई समेत प्रभावकारी भूमिका निभाउन सफल भएकी छिन् ।

आफ्नै व्यवसाय सम्हाल्दै आईरहेकी नमिता बीमा अभिकर्ता पेशामा आउनु पहिले एक बीमित थिईन् । बीमाबारे चासो राख्ने नमितालाई यो पेशामा जोडिने मन थियो । बीमा अभिकर्ता पेशाबाट पनि आम्दानी गर्न सकिन्छ भन्ने लागेर नै आफु यो पेशामा आवद्ध हुन् पुगेको नमिता बताउछिन् ।उनी पहिले देखि नै यो पेशामा आउन चाहन्थिन् । तर समय परिस्थिति नमिलेरै होला उनी अलि पछि मात्रै यो पेशामा जोडिन पुगेको बताइन् । पछिल्लो समय बीमा कम्पनीहरु थपिएसँगै नमितालाई यो पेशामा आउन सहजता मिल्यो । नयाँ कम्पनीहरु धमाधम बजारमा आएसँगै नमिताका साथिहरु पनि बीमा कम्पनीमा जागिरको लागि पुगे । उनीहरुकै सल्लाहामा, उनीहरुकै प्रेरणाले यस पेशामा जोडिएको नमिता बताउँछिन् ।

शुरुमा त यो पेशा उनलाई कहाँ सहज थियो र ? आफ्नै आफन्तले पनि बीमा बारे नकारात्मक धाराणा राखेको उनीसँग तीतो अनुभव छ । ‘शुरुमा त मलाई यो पेशा गार्हो लाग्यो, पछि काम गर्दै जाँदा, मान्छेहरुसँग बीमा पोलिसीको बारेमा डिल गर्दा, बीमाको बारेमा आफुले जानेका कुराहरु बुझाउन पाउँदा, मैले बुझाएका कुराहरुकै आधारमा उहाँहरुले बीमा गर्दा मलाई हौसला मिल्यो । त्यहि हौसलालाई आत्मसाथ आज यहाँ आइपुगेको छु ।’

बीमा अभिकर्ता पेशाको लाइसेन्स लिएपछि उनले आफ्नै छोरीको बीमा गराएर यो पेशाको उद्घाटन गरिन् । त्यसपछि उनले आफ्ना आफ्न्त, छर–छिमेकको बीमा गर्दै गईन् । शुरु शुरुमा उनले उनलाई विश्वास गर्ने मान्छेहरुकोमा बीमा प्रस्ताव लिएर गईन् । शुरु शुरुमा त आफ्नै मनले खाएका आफ्न्तले पनि उनको प्रस्ताव स्वीकार गरेनन् । तर पनि उनमा भएको आत्मविश्वास, धैर्यताले गर्दा हिम्मत भने हारेन ।समाजमा सकारात्मक सन्देश दिने अभियान्ताका रुपमा अभिकर्ता पेशालाई लिने नमिता भन्छिन्, “आज पनि नेपाली समाजमा जीवन बीमा गराउँनुपर्छ भन्ने चेतना नै छैन् । मान्छेहरु पाँच लाखको व्यवसाय गर्दा शुरु मै बीमा गर्छन् । गाडी किन्दा होस् वा घर बनाउदा नै किन नहोस् बीमा गराउँछन् । तर पनि आफ्नो जीवनको बीमा गर्नुपर्छ भन्ने सोचको पहुँचमा नै उनीहरु पुग्दैनन् । हो, यस्ता मान्छेहरुलाई समाजमा गएर बीमा नबुझेकालाई बीमाको सचेतना, अभिमुखिकरण गर्ने व्यक्ति बीमा अभिकर्ता हो ।”

नेपालमा अभिकर्ताहरुको अधिकारलाई ध्यान दिनुपर्नेमा उनको जोड छ । नेपालमा लाखौको संख्यामा अभिकर्ताहरु छन् । बीमा बजारमा जीवन बीमा कम्पनीहरुमा अभिकर्ताहरुलाई तानातानको स्थिति रहेको यथार्थलाई नमिताले औल्याउँछिन् । अभिकर्ताको अधिकारको निम्ति, अभिकर्ताको सुरक्षाको निम्ति कम्पनीहरु सचेत हुनु पर्ने उनको धारणा छ । बीमा कम्पनीहरुले आफ्नो कम्पनीमा आवद्ध अभिकर्ताहरुलाई विजनेश पार्टनरको रुपमा लिएर स्वीकार गर्दै पेशागत सुरक्षा, सामाजिक सुरक्षा तथा जीविकोपार्जनको ग्यारेन्टी कम्पनीले गर्न चुक्न नहुने नमिताको धारणा छ ।

अभिकर्ताहरुले राम्रै आम्दनी गर्न सक्छन् । महिनामै लाखौ कमाई हुने पेशालाई स्वंयम अभिकर्ताहरुले व्यवसायको रुपमा लिन नसकेको उनको गुनासो छ । अभिकर्तामा मैले यस पेशालाई दीर्घकालिन र व्यवसायको रुपमा विकास गर्नुपर्छ भन्ने भावना अभिकर्ताहरुमा जाग्नु जरुरी रहेको उनको अनुभव छ । सरकार तथा जीवन बीमा कम्पनीहरुले पनि त्यहि खालको रणनीति अवलम्बन गर्नुपर्ने कुरामा उनको जोड छ ।

सानो होस् वा ठुलो अभिकर्ता पेशामा आवद्ध भइसकेपछि उसले सम्मानपूर्वक काम गर्न पाउने वातावरण राज्य, स्वंम कम्पनीले सृजना गर्नुपर्ने पर्दछ । यसमा बीमा समितिको पनि भूमिका आवश्यक छ ।

“आज पनि बीमा अभिकर्तालाई समाजमा हेरिने दृष्टिकोण सकारात्मक छैन् । अभिकर्ता पेशामै केही गर्छु भन्नेहरु निराश भएर अभिकर्ता पेशाको झोला विसाई सकेका छन् । सानो होस् वा ठुलो अभिकर्ता पेशामा आवद्ध भइसकेपछि उसले सम्मानपूर्वक काम गर्न पाउने वातावरण राज्य, स्वंम कम्पनीले सृजना गर्नुपर्ने पर्दछ । यसमा बीमा समितिको पनि भूमिका आवश्यक छ ।’ बीमा अभिकर्ताको अवस्थाको चित्र कोर्दै भन्छिन् ।

“कम्पनीहरुमा आफ्नो कम्पनीमा आवद्ध भएका अभिकर्ताहरुलाई यो मेरो विजनेश पार्टनर हो, यसको सुरक्षाको निमित्त मैले बोल्नुपर्छ, यसको सुरक्षाको निमित्त राम्रो खालको वातावरण तय गर्नुपर्छ र काम गर्नको निमित्त पनि सहज खालको वातावरणको सृजना गर्नका लागि तत्पर रहनुपर्छ भन्ने भावना पलाउँनुपर्छ ।” नमिताले भनिन् । कम्पनीहरुले यस्तो खालको वातावरण सृजना गरिदिने हो भने अभिकर्ता पेशामा देखा परेका समस्याहरु समाधान गर्न सहज हुने उनको धारणा छ । बीमाको पहुँच त बढ्यो तर यो दीर्घकालसम्म टिक्न सक्छ कि सक्दैन भन्ने दृष्टिकोणबाट समेत बीमा समितिले बीमा अभिकर्ता लक्षित कार्यक्रम समेत अघि बढाउनु आवश्यक छ ।

बजारमा लाखौले बीमा अभिकर्ता पेशा अगालेका छन् । अभिकर्ता पेशामा अगालेका ती सबै अभिकर्ताहरु सफल हुन नसक्ने उनको तर्क छ । सफल बीमा अभिकर्ता हुनका लागि शुरुमा त आत्मविश्वास हुनुपर्ने उनको आफ्नै भोगाई छ । बुझाउन सक्ने क्षमता अभिकर्तामा चाहिन्छ । बीमितहरुले कम्पनीलाई हैन् अभिकर्तालाई चिन्छन्, अभिकर्तालाई विश्वास गर्दछन्, त्यसैले अभिकर्ता पेशामा आवद्ध भइसके पछि आफ्नो व्यक्तित्व लगायतका कुरामापनि उत्तिकै ध्यान दिनुपर्ने उनको अनुभव छ ।

आत्मविश्वास, धर्यता, इमान्दारीता, नम्र बोली बचन, आफु आवद्ध भएको कम्पनीको प्रोफाइलका बारेमा ज्ञान, कम्पनीमा भएका पोलिसीहरुकोे बारेमा पोख्त जानकारी जस्ता गुणहरु एक बीमा अभिकर्तामा हुनुपर्ने उनले बताईन् । सम्भावित बीमितको आर्थिक क्षमता र रुचिको आधारमा बीमा पोलिसी प्रस्ताव गर्दा व्यापार बृद्धि हुने उनको ठम्याई छ ।

“बीमा क्षेत्रमा विभिन्न खालका विकृति फैलिएको छ– कमिशन छुट, अस्वस्थ्य प्रतिस्पर्धा लगायतका समस्याहरु अभिकर्ता पेशामा देखापरेका समस्या हुन् उनले भनिन् ।” बीमा आर्थिक सुरक्षाको पाटो हो, आजको थोरै बचत, भोलिको जोखिम बहन गर्ने एक भरपद्रो माध्यम बीमा हो उनले भनिन् । “बीमा गर्नु भनको आफ्नो तथा आफ्ना परिवारको लागि सुरक्षा गर्नु हो ।”

“बीमा अभिकर्ता पेशामा उत्कृष्ट पाटोहरु बढी छन् । योजनावद्ध रुपमा लागि परेर निरन्तर रुपमा काम गर्ने हो भने यो पेशामा सफल हुन सकिन्छ । यस पेशामा आर्थिक आत्मनिर्भरका लागि प्रसस्त बाटाहरु छन् । उनले भनिन् ।” नेपालमा बीमा क्षेत्र एक प्रतिष्ठित व्यवसाय त हो नै । जीवन बीमा कम्पनीहरुको ५० प्रतिशत बीमा पार्टनर भनेको अभिकर्ता नै हुन्, अभिकर्ता पेशालाई मर्यादित अनि सम्मानित बनाउनका लागि स्वयंम अभिकर्ता, कम्पनी, बीमा समिति र राज्यले पनि उत्तिकै खालको प्रभावकारी योजना ल्याउनुपर्ने उनको तर्क छ ।“अस्वस्थ खालको प्रतिस्पर्धा नै यस पेशामा देखा परेका नराम्रा पक्षहरु हुन् । यो पेशा सम्मानित पेशा हो । अरु जुनै पेशामा आवद्ध भएपनि यो पेशा गर्नलाई कुनै पनि किसिमको रोकतोक छैन् । स्वतन्त्र ढङगले काम गर्न सक्ने पेशा अभिकर्ता पेशा हो । बिहानदेखि बेलुकिसम्म खट्नुनपर्ने पेशा हो । जहाँ, जुनसुकै सेक्टरमा यो पेशामा पनि काम गर्न सकिन्छ । राज्यलाई १५ प्रतिशत कर तिरेर वैधानिक रुपमा आय आर्जन गर्ने पेशा भएकोले बीमा अभिकर्ता पेशा समाजलाई जागरुक बनाउने, पुँजि निर्माण गर्ने, राज्यलाई कर तिरेर योगदान गर्ने उत्कृष्ट र सम्मानित पेशा शो ।’ नमिता गर्व गर्दै भन्छिन् ।

चाडपर्वहरु नेपालको संस्कृतिलाई जगेर्ना गर्नुपर्ने भन्न रुचाउने नमिता बिजया दशमी, शुभदिपावली तथा छठ पर्वको अवसरमा सबै नेपालीहरुमा शुभकामना व्यक्ति गर्दै मीठो पीठो जे छ त्यही खाएर हाँसीखुशी दशैं मनाउन आग्रह गर्दछिन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS