IME Life

दशैंमा घर फर्कदै गरेका यात्रु सवार बस दुर्घटनामा, तीनको मृत्यु दुई दर्जन घाइते

SPIL
NIC ASIA

काठमाडौं । बिजया दशमीको लागि राजधानी काठमाडौंबाट घर फर्कदै गरेका यात्रुहरुले भरिएको एक मिनिबस शनिबार सिन्धुली जिल्लाको नेपालथोकमा दुर्घटनाग्रस्त हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई दर्जनभन्दा बढि घाइते भएका छन् । घाइते मध्ये पाँच जनाको अवस्था चिन्ताजनक छ । सार्वजनिक सवारी साधन दुर्घटनामा परी जन–धनको क्षति भएको सो घटनाको बीमा दावी पर्ने भएको छ ।

काठमाडौंबाट महोत्तरीतर्फ जाँदै गरेको बा३ख २३५९ नम्बरको मिनिबस सिन्धुली जिल्लाको सुनकोसी गाउँपालिका १ स्थित बीपी राजमार्गको नेपालथोकमा दुर्घटनाग्रस्त भएको थियो । सानो मिनिबसमा खचाखच यात्रुले भरिएका तथा अत्याधिक गतिमा कुदाएको कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।

Prabhu
Crest

घाइतेहरुको उपचारको लागि बनेपा र काठमाडौं ल्याइएको छ । दुर्घटनाग्रस्त स्थल काभ्रे, रामेछाप र सिन्धुलीको सीमानामा पर्दछ । मृत्यु हुनेहरुमा सिरहा इनरुवा ८ का ३५ वर्षीय रामअवतार पण्डित, सप्तरी राजविराज ७ की लक्ष्मी देव र ठेगाना नखुलेका अन्दाजी ४० वर्षीय दलबहादुर श्रेष्ठ रहेका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले टेलिफोनबाट जानकारी दिएका छन् । दुर्घटनाग्रस्त बसको तेस्रो पक्ष बीमा अन्तर्गत दावी पर्ने देखिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS