IME Life

दुर्घटनामा निधन भएका स्व. खड्काको परिवारले युनियन लाईफबाट पाए एक करोड

SPIL
NIC ASIA

नेपालगन्ज । मोटरसाईकल दुर्घटनामा निधन भएका स्व. अर्जुन खड्काको परिवारले युनियन लाईफ इन्स्योरेन्सबाट एक करोड रुपैयाँ बीमा दावी भुक्तानी बापत रकम प्राप्त गरेका छन् ।

युनियन लाईफमा ५० लाख रुपैयाँको जीवन बीमा गरेका स्थानीय व्यवसायी खड्काको गत असार १३ गते मोटरसाइकल दुर्घटनामा निधन भएको थियो । युनियन लाईफ इन्स्योरेन्स कम्पनीले घटनाको चार दिन पछि नै सो रकम हस्तान्त्रण गरेको कम्पनीले जनाएको छ ।

Prabhu
Crest

युनियन लाईफ इन्स्यारेन्समा ५० लाखको बीमा गरेका खड्काको परिवारलाई कम्पनीले एक करोड रुपैयाँ बीमा दावी भुक्तानी गरेको जानकारी शुक्रबार नेपालगन्जमा कम्पनीद्वारा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा दिइयो । रकम हस्तान्तरण गर्दा परिवारका सदस्यहरु शोकमा रहेका कारण सार्वजनिक रुपमा सहभागी हुन सकेका थिएनन् । शुक्रबार युनियन लाईफ इन्स्योरेन्स कम्पनीको क्षेत्रीय तथा शाखा कार्यालय नेपालगन्जमा आयोजित दशै शुभकामना आदानप्रदान कार्यक्रममा सो कुराको जानकारी दिइएको हो । कार्यक्रममा स्व. अर्जुन खड्काको परिवार समेतको उपस्थिति रहेको थियो । कार्यक्रममा युनियन लाईफका प्रदेश प्रमुख नारायण पङ्गेनिले बीमाबाट सर्वसधारणले बचत र जीवन सुरक्षा दुवै लिन सक्ने जानकारी दिए ।

प्रदेश प्रमुख पंगेनीले भने, ‘बिमा जोखिम बहन कै लागि हो र यदि केही कारण बस दुर्घटना वा सामान्य तवरबाट पनि बिमितको मृत्यु वा अंगभंग हुन्छ भने पिडित परिवारले साधारण तरिकाले नै बिमाबाट उसले पाउने अधिकार लियोस भन्ने हाम्रो चाहाना हुन्छ । कुनै पनि पीडित दुई चोटि भन्दा धेरै पटक कार्यालय आउनु नपर्ने अवस्था सृजाना होस भन्ने हाम्रो चाहना हो । यो क्षेत्रमा अहिले सम्म ३ वटा बिमा क्लेम आएको र सबै क्लेमहरु आवश्यक डकुमेन्ट जम्मा भएको केही दिनमै भुक्तानी दिइएका छौँ र स्व अर्जुन खड्काको परिवारको हकमा हामिले चार दिनमै भुक्तानी दिएका छौँ ।’

स्व. खड्काले २०७५ भदौ २७ गते युनियन लाइफ इन्स्योरेन्स कम्पनी नेपालगन्ज शाखाबाट ५० लाखको जीवन बिमा गरेका थिए । बीमा गरेको करिब ९ महिनापछि २०७६ असार १३ गते उनको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो । कम्पनीले दिएको जानकारी अनुसार उनको परिवारले असार २७ गते सम्पूर्ण आवश्यक कागजात पेश गरेको र ३१ गते एक करोड रकम भुक्तानी गरेको थियो । स्व अर्जुन खड्काको दुर्घटनामा मृत्यु पछि इच्छाइएको ब्यक्तिको रुपमा उनका श्रीमती पुनम थापाले एक करोड प्राप्त गरेकी थिइन् ।

श्रीमानको बीमा बापतको रकम प्राप्त गरेपछि पुनमले पुनः एक करोड रुपैयाँको एकल बीमा गरेकी छिन् । उनले आफ्ना सन्तानको भविष्य सुरक्षित गर्न प्राप्त रकम पुनः बीमामै लगानी गरेको बताईन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS