IME Life

राष्ट्रपति सि जिनपिङको आतिथ्यमा सरकारलाई सकस

SPIL
NIC ASIA

काठमाडौं । ‘नहुनेको ताउलो, चल्यो उखरर्माउलो’ पूर्वी नेपालको पहाडी जिल्लामा प्रख्यात यो उखान यतिबेला नेपाल सरकारको लागि चरिचार्थ बन्दै गएको छ ।

राष्ट्रपति सि सवार जहाजलाई लडाकु जहाजले यसरी स्कर्टीङ गरेका थिए ।

चिनियाँ राष्ट्रपति सि जिनपिङलाई काठमाडौंमा एक बास बसाउने नेपाल सरकारको सपना । महाकवी लक्ष्मी प्रसाद देवकोटाको कविता ‘उद्देश्य के लिनु उडी छुनु चन्द्र एक !’ झै नेपाल सरकारले अठोट गर्यो सि जिनपिङलाई काठमाडौंमा एक बास बसाउने । तर एक बास सि जिनपिङलाई काठमाडौंमा बसाउन नेपालको क्षमताले भ्याउनै मुश्किल पर्ने देखिएको छ । यतिबेला पूर्वी नेपालको उखान झै सरकारमा रहेकाहरुलाई चिनियाँ राष्ट्र सि जिनपिङको नेपाल भ्रमणको तारतम्य मिलाउन भ्याई नभ्याई देखिन्छ । विमानस्थलमा सि चढ्ने जहाजको सकस, सि हिड्ने काठमाडौंको बाटोको सकस अनि सिलाई राख्ने होटलको सकस इत्यादि । घुमाउन भक्तपुर पुर्याउने अर्को सकस त छदैछ ।

Prabhu
Crest

विश्वकै शक्तिशाली राष्ट्र चीनका राष्ट्रपति जिनपिङको नेपाल भ्रमणको क्रममा आतिथ्यता दर्शाउन सरकारको बलबुताले भ्याउने हो वा होईन ? प्रश्न चिन्ह उठेको छ । तर, यति कुरा निश्चित छ कि चिनियाँ राष्ट्रपति जिनपिङले काठमाडौंमा धेरै कुरा एडजस्ट गर्नुपर्नेछ । चिनियाँ राष्ट्रपतिको सुरक्षा संवेदनशीलता, आवासको लागि होटल तथा यात्राको लागि सडक समेतमा सरकारलाई सकस भइरहेको छ ।

सबैभन्दा ठूलो समस्या काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा पर्ने देखिएको छ । विमानस्थलमा सि चढेर आउने जहाज अवतरण गर्ने धावनमार्ग, पार्किङमा समस्या पर्नेछ । त्यस्तै सि सवार जहाज पुसब्याक (पछाडी धेकेल्नु) परेको अवस्थामा उपकरण समेत छैन । सि चढेर आउने बोईङ ७४७–८०० सिरिजको दुई तल्ले चार वटा इन्जिन जडित जहाजका लागि कम्तीमा २३०० मिटर दौडने धावनमार्ग आवश्यक पर्दछ । अग्ला पहाडका कारण नेपालको विमानस्थलमा अझै बढि धावनमार्ग जरुरत पर्दछ । काठमाडौंस्थित विमानस्थलको धावनमार्ग नै जम्मा ३००० मिटर रहेको छ । ०२ बाट ल्याण्ड गर्दा अन्तिमको करिब ८०० मिटर धावनमार्गमा प्रवेश गरेमा घुम्नुपर्ने बाध्यता हुन्छ । ७६.२५ मिटर लामो जहाज कारण अन्य विमानहरुले पार्किङस्थल पाउने छैनन् । अधिकतम ३०० टनको जहाज मात्रै व्यवस्थापन गर्दै आएको काठमाडौंस्थित विमानस्थलमा ४४८ टनको जहाजको ग्राउण्ड ह्याण्डलिङ गर्ने उपकरण नै नभएको कारण पनि चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमण ‘ठाउँ न ठहर बुढीको रहर’ भन्ने अर्को नेपाली उखान झै हुन सक्नेछ ।

राष्ट्रपति सिलाई अमेरिकामा गरिएको स्वागत ।

समस्या सडकमा पनि पर्नेछ । चिनियाँ राष्ट्रपति सि आउने भएपछि सरकार काठमाडौंका सडक देखेर आफै लजायो । त्यसपछि सरकारले रातारात काठमाडौंका सडकमाथि ओभरले गर्ने काम गरिरहेको छ । तर, गुणस्तरीय मेशिन नहुँदा ओभरले गरिएको सडकमा समेत खाल्डाखुल्डी देखिएका छन् ।

चिनियाँ राष्ट्रपति सवार दुई तल्ले जहाज काठमाडौंमा ओर्लदा नेपालको अन्तर्राष्ट्रिय उडान प्रभावित हुने देखिएको छ । राष्ट्रपति सिसँगै आउने उनको सुरक्षा टोली तथा अन्य जहाजहरुका कारण काठमाडौंस्थित विमानस्थल भरिने हुँदा अन्य जहाजहरुले पार्किङ अभावको समस्या झेल्नुपर्ने र यात्रुहरुले सास्ती भोग्नुपर्ने देखिएको छ ।

अर्को समस्या सुरक्षामा पर्ने देखिन्छ । यसअघि राष्ट्रपति सि जिनपिङ अफ्रिका भ्रमणमा जाँदा त्यहाँ सैन्य लडाकु जहाजहरुले स्कर्टिङ गरेका थिए, नेपालसँग स्कर्टिङ गर्ने लडाकु जहाज समेत नभएको अवस्थामा राष्ट्रपति सिको नेपाल भ्रमण सुरक्षाको दृष्टिकोणबाट समेत कम्परमाईज गर्नुपर्ने देखिन्छ ।

राष्ट्रपति सिसँगै आउने पाहुनाका लागि कम्तीमा पाँच सयभन्दा ठूलो टोलीका लागि बस्ने एउटै होटल नहुँदा अर्को समस्या झेल्नुपर्ने देखिएको छ । राष्ट्रपति सिलाई राख्न काठमाडौंस्थित सोल्टी होटल तयारी अवस्थामा राखिएपनि अन्य पाहुनाहरुले काठमाडौंकै अन्य तारे होटलमा राखेर मिलाउने भने सकिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS