नेपाल इन्स्योरेन्सद्वारा दशैं विदामा बीमा दावीका लागि हटलाईन सुविधा

2085

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले बिजया दशमीको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दै दशैं विदाको अवसरमा पनि बीमा दावी गर्न मिल्ने गरी सम्पर्क अधिकृतसहितको हटलाईन नम्बर व्यवस्था गरेको छ ।

सो कम्पनीले दशैं विदाको अवसरमा अजोज १८ गतेदेखि २२ गतेसम्मका विदाका दिनहरुमा पनि कुनै भवितव्य परेमा बीमा दावीका लागि प्रारम्भिक जानकारी दिन हटलाईन नम्बरहरु व्यवस्था गरेको जनाएको छ ।

कम्पनीका नायब महाप्रबन्धक बिक्रान्त पाण्डेले दिएको जानकारी अनुसार विदाको समयमा चार जना उच्च अधिकारीको सम्पर्क नम्बर सहितको हटलाईन नम्बरको व्यवस्था गरिएको छ । दशैंको विदाको समयमा बिमितहरुलाई कुनै भवितव्य परेमा कम्पनीको मुख्य प्रबन्धक किरणमान रञ्जितकार–९८६६४०५३८४, बरिष्ठ प्रबन्धक दयानिधी प्रसाद ओझैया–९८५१०६३७६४, सहायक प्रबन्धक कृष्णराम पराजुली–९८४१२७४५०५ र रुपक चालिसे– ९८४३००२२०२ मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ । दशैं विदा अवधीभर कुनै समस्या परेमा उल्लेखित सम्पर्क अधिकृतहरुसँग सम्पर्क गर्न सूचित गरेको छ ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्