IME Life

निवास छोड्दै निवर्तमान सभामुख महरा, २८ जना सुरक्षाकर्मी र गाडी फिर्ता

SPIL
NIC ASIA

काठमाडौं । बालुवाटारस्थित सरकारी निवासमा बस्दै आएका सभामुख कृष्ण बहादुर महरा सरकारी निबासबाट अन्यत्र सर्ने तयारी गरेका छन् । अन्यत्र सर्नको लागि डेरा खोज्ने काम भइरहेको निवर्तमान सभामुख महरा निकट स्रोतले जानकारी दिएको छ ।

बिहिवार महराले सरकारबाट लिदै आएका सुरक्षा गार्ड र गाडी सुविधा फिर्ता गरेका छन् । महराको सुरक्षाका लागि क्याप्टेनको नेतृत्वमा १७ सैनिक र प्रहरी निरीक्षकको नेतृत्वमा ११ जना प्रहरी सुरक्षामा खटिएका थिए । बिहिबार नै उनीहरु फिर्ता भएका छन् ।

Prabhu
Crest

महराले चढ्दै आएको बा२झ १२६८ नम्बरको गाडी पनि बिहिवार दिउँसो संसद सचिवालय अन्तर्गतको सवारी शाखालाई बुझाएको जनाइएको छ ।

संसद सचिवालयमै कार्यरत एक महिला कर्मचारीले गत आइतबार साँझ आफ्नै डेरामा आई महराले यौन दुव्र्यवहारको आरोप लगाएएपछि महराले सभामुख पदबाट राजीनानमा दिएका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS