Prabhu Life Ad Final

पोखरामा नयाँ नोट साट्नेको भिड, काठमाडौंमा पनि उस्तै

पोखरा । बडा दशैंको अवसरमा पोखरामा नयाँ नोट सटही गर्नेको भिड देखिएको छ । यता, काठमाडौंस्थित नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा नयाँ नोट साट्नेहरु विहानैदेखि लाईनमा बसेका छन् ।

दशैँमा नयाँ नोट दिने प्रचलन रहेको नेपाली समाजमा राष्ट्र बैंकले वर्षेनि नयाँ नोट सटही गर्ने वातावरण मिलाउदै आएको छ । सदाको वर्ष झै यस वर्ष पनि नेपाल राष्ट्र बैंकले असोज १० गतेदेखि आगामी शुक्रबारसम्म नयाँ नोट सटही खुला गरेको थियो ।

NLIC

नेपाल राष्ट्र बैंकका पोखरासहितका सबै शाखाहरुमा नयाँ नोट सटही गर्नेहरुको घुँईचो देखिएको छ । दशैंको अवसरमा पोखरामा पनि असोज १० गते शुक्रबार देखि नै नेपाल राष्ट्र बैंक पोखरा शाखाले नयाँ नोट साट्न सुरु गरेको थियो । बैंकमा नयाँ नोट साट्नको लागि आम सर्वसाधारणको अत्याधिक भिड लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App