IME Life

आइपीओ निष्काशनको लागि जनरल इन्स्योरेन्सको विक्री प्रबन्धक नियुक्त

SPIL
NIC ASIA

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको ३० लाख कित्ता आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आइपीओ बेच्न एनआइबीएल एस क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

उक्त सम्झौतापत्रमा जनरल इन्स्योरेन्स कम्पनीका तर्फबाट महाप्रबन्धक एस.के.टमोट र एनआइबीएल एस क्यापिटलका नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

Prabhu
Crest

कम्पनीले प्रति सेयर १०० रुपैयाँ दरको ३० करोड रुपैयाँको ३० लाख कित्ता आइपीओ सर्वसाधारणमा जारी गर्न लागेको हो ।

कम्पनीको अधिकृत पूँजी २ अर्व रुपैयाँ, जारी पँुजी १ अर्व रुपैयाँ र चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको छ । कम्पनीले जारी पुँजीको ३० प्रतिशत सेयर सर्वसाधारणका लागि निष्कासन गर्नुपर्ने हुन्छ । आइपीओपछि कम्पनीको चक्ता पँुजी १ अर्व रुपैयाँ पुग्नेछ ।

कम्पनीले आइपीओ जारी गर्ने प्रस्ताव साधारण सभाबाट पारित गरिसकेको छ । अब धितोपत्र बोर्डमा आवेदन दिनुपर्ने हुन्छ । बोर्डबाट अुनमति पाएपछि निष्कासन गर्ने प्रक्रिया सुरु हुने जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS