Prabhu Life Ad Final

धनुषाको सबैलामा प्रोग्रेशिभ फाइनान्सको नयाँ शाखा विस्तार

IME PAY
IME Life

काठमाडौँ । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले धनुषा जिल्लाको सबैला नगरपालिकामा शाखा शुभारम्भ गरेको छ । उक्त नयाँ शाखाको समुद्घाटन आइतबार एक समारोहबीच सबैला नगरपालिकाका मेयर विजयशंकर प्रसाद साहले गरे ।

शाखा शुभारम्भ कार्यक्रममा बोल्दै सबैला नपाका मेयर विजयशंकर प्रसाद साहले यस क्षेत्रमा बैंकिङ्ग सेवा प्रदान गर्न आएकोमा प्रोग्रेशिभ फाइनान्सलाई धन्यवाद दिँदै उक्त क्षेत्रका अन्य वित्तीय पहुँच नपुगेका स्थानहरुमा वित्तीय सेवा तथा वित्तीय साक्षरता प्रदान गर्न सुझाव दिए ।

उक्त कार्यका लागि नगरपालिकाले उचित सहयोग गर्ने बचनबद्धता व्यक्त गरे । उद्घाटन कार्यक्रममा संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न जनचेतना मुलक सन्देश छापिएको टिसर्ट बितरण गरिएको थियो ।

कार्यक्रममा फाइनान्सका सञ्चालक लक्ष्मीप्रसाद महर्जन, शम्भुलाल डंगोल, समुन्द्रकाजी श्रेष्ठ, फाइनान्सका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाइँर्, मुख्यप्रबन्धक प्रमोद भट्टराई लगायत सबैलाका सहकारी संस्थाका प्रमुख, उद्योगी, ब्यापारीको उपस्थिति रहेको बताइएको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS