IME Life

एनआईसी एशिया बैंकको दुई नयाँ शाखा विस्तार,कुल शाखा संख्या ३ सयभन्दा बढी

SPIL
NIC ASIA

काठमाडौं । ग्रामीण तथा शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एनआईसी एशिया बैंकको दुई नयाँ शाखाहरु काठमाडौंको अनामनगर र चितवनको सौराहामा सञ्चालनमा आएको छ ।

काठमाडौं महानगरपालिका अनामनगरस्थित अनामनगर शाखाकोे समुद्घाटन लोक सेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीले गर्नुभयो । त्यस्तै चितवन जिल्ला, रत्ननगर नगरपालिका वडा नं. ६ स्थित सौराहा शाखाको समुद्घाटन रत्ननगर नगरपालिकाका मेयर नारायण वनले गरेका हुन् ।

Prabhu
Crest

शाखाहरु सञ्चालनमा आएसँगै सो क्षेत्रका ग्राहकहरुलाई एन आई सी एशिया बैंकको सेवा प्राप्त गर्न थप सहज हुने विश्वास बैंकले लिएको छ ।

हालसम्म बैंकले मुलुकभर ३०१ शाखा कार्यालयहरु, ३६३ एटिएम, ७० वटा एक्स्टेन्सन काउण्टर एवं ४२ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS