IME Life

नेपाल लाइफको फिक्कल उपशाखाबाट बीमालेख जारी शुरु

SPIL
NIC ASIA

इलाम । नेपाल लाइफ इन्स्योरेन्सले इलामको फिक्कल उपशाखाबाट बीमालेख जारी गर्न शुरू गरेको छ । सो उप शाखा संचालनमा आएको ८ वर्ष भए पनि त्यहाँबाट कुनै पनि बीमालेख जारी भएका थिएनन् । कम्पनीले सोमबारदेखि उक्त शाखाबाट बीमालेख जारी गर्न शुरु गरेको हो ।

नेपाल लाइफ इन्स्योरेन्सका वरिष्ठ एजेन्सी म्यानेजर भक्ति प्रसाद भट्टराईले कार्यक्रममा बोल्दै बीमितलाई यहीबाट सेवा दिन थालेपछि व्यवसाय वृद्धिमा थप सहज हुने बताए ।

Prabhu
Crest

उक्त कर्यक्रम कम्पनीका पूर्वाञ्चल क्षेत्रिय प्रवन्धक टिकादत्त प्याकुरेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै, प्याकुरेलले अब चाँडै नै उक्त शाखाबाट कर्जा, समर्पण लगायत सबै प्रकारका दावीहरू पाउने व्यवस्था पनि मिलाईने हुँदा ग्राहकलाइ थप सहज हुने बताए ।

कार्यक्रममा फिक्कल क्षेत्रका वरिष्एठ एजेन्सी म्यानेजर, एजेन्सी म्यानेजर, व्यवसाय संयोजक तथा अभिकर्ताहरू र बीमितहरूको उपस्थिति रहेको थियो । उक्त उपशाखाबाट पहिलो बीमा कुङ्गा छिरिङ्ग लामाले गराएका थिए ।

उक्त उपशाखाबाट बीमालेख जारी नहुँदा १०० कि. मि. टाढा झापास्थित बिर्तामोडबाट जारी हुने गरेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS