IME Life

राष्ट्रिय वाणिज्य बैंकद्धारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले विजया दशमी, शुभ दिपावली, नेपाल सम्वत् एवं छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकको शाखा कार्यालय बौद्ध शाखाको आयोजनामा नेपालीहरुको महान चाडपर्व विजया दशमी, शुभ दिपावली, नेपाल सम्वत् एवं छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले नेपालीहरुको चाडपर्वको अवसरमा शुभकामना ब्यक्त गर्नुहुंदै रा.वा.बैंकको बेस रेट सबैभन्दा कम भएकोले सस्तो दरमा कर्जा उपलब्ध गराईरहेको जानकारी दिए ।

Prabhu
Crest

काठमाडौं क्षेत्र नम्बर ३ का प्रतिनीधिसभाका माननीय सांसद कृष्ण राईको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा उहाले राजनीतिक परिवर्तनले मात्र जनताको जीवनस्तरमा परिवर्तन नहुने, त्यसको लागि उत्पादन तथा श्रमसंग नगरिकलाई जोड्नुपर्ने र त्यस कार्यमा नागरिकलाई बैंकहरुले सरल रुपमा कर्जा उपलब्ध गराउनुपर्ने बताए ।

कार्यक्रममा काठमाडौं क्षेत्र नम्बर ३ का प्रदेशसभा माननीय सांसद छिरिङ्ग लामा, बैंकका उपकार्यकारी अधिकृत टेकराज जोशी, ब्रान्च अपरेशन विभागका प्रमुख सरोज बस्नेत, बौद्ध ब्यापार संघका अध्यक्ष दीपक चौलागांई लगायतले शुभकामना मन्तब्य ब्यक्त गरे ।

बैंकका ३ नम्बर प्रादेशिक कार्यलयकी प्रमुख सोनी श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रमको संचालन शाखा कार्यालय बौद्धका प्रबन्धक सुरेश सापकोटाले गर्नुभएको थियो । कार्यक्रममा नेपाल प्रहरी बौद्धका प्रहरी नायब उपरीक्षक, स्थानीय व्यवसायीहरु, कर्मचारीहरु, समाजसेवीहरुको लगायतको उपस्थिति रहेको थियो ।

बैंकले गत आ.व. २०७५र०७६ मा ५ अर्ब ३२ करोड रुपैंया खुद मुनाफा गरेको छ । यस अवधिमा बैंकको निक्षेप १ खर्ब ९० अर्ब रुपैंया, कर्जा १ खर्ब ४४ अर्ब रुपैंया रहेको छ । बेस रेट ६।२३ प्रतिशत रहेको छ । बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २३८ वटा शाखा कार्यालय, २०४ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS