IME Life

म्युचुअल फण्डका लगानीकर्ता सबै घाटामा, अधिकतम ३४% र न्यूनतम ३.५% सम्म गिरावट

SPIL
NIC ASIA

काठमाडौं । नेपालमा सञ्चालनमा रहेको सबै म्युचुअल फण्डहरु घाटामा सञ्चालित छन् । हाल नेपालमा १४ वटा म्युचल फण्डहरु सञ्चालनमा रहेकामा १२ वटा म्युचल फण्डको बजार मूल्य प्रति ईकाई मूल्यभन्दा तल छ । हाल कारोबार भएका १२ वटा म्युचल फण्डहरुले १० रुपैयाँ प्रति एकाई मूल्य राखेर सर्वसाधारणका लागि निष्काशन गरेका थिए ।

शेयर बजारको मूल्यमा आएको निरन्तरको गिरावटका कारण हाल अहिले दोस्रो बजारमा कारोबारमा आएका म्युचल फण्डको मुल्यमा प्रति ईकाई मूल्यभन्दा कम हुन पुगेको हो ।

Prabhu
Crest

हाल दोस्रो बजारमा कारोबारमा आएका १२ वटा म्युचल फण्डमध्ये सबैभन्दा धेरै बजार मुल्य एनएमबी बैंकले सञ्चालन गरेको एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड १ को रहेको छ । जसको बजार मुल्य ९ रुपैयाँ ६५ पैसा रहेको छ ।

त्यस्तै, सबैभन्दा थोरै बजार मुल्य एनआइबिएल प्रगति फण्डको रहेको छ । जसको बजार मुल्य ६ रुपैयाँ ५७ पैसा रहेको छ । उक्त मूल्य चुक्ता मूल्यका ३४.३ प्रतिशत गिरावट हो ।

कारोबारमा आएका म्युचअल फण्डको बजार मुल्यको यस्तो अवस्थाले गर्दा बजारमा आउने नयाँ म्युचल फण्डहरुलाई पनि प्रतिकुल असर पर्न सक्ने देखिन्छ । यही प्रशंगलाई हेर्ने हो भने हालै म्युचुअल फण्ड निष्काशन गरेको सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सनराइज फर्स्ट म्युचुअल फण्डको इकाईमा माग गरेजति आवेदन पर्न सकेन ।

यसले म्युचुअल फण्डको युग सकिएको हो कि ? भन्ने प्रश्न उठेको छ । दास्रो बजारमा म्युचल फण्डहरुको बजार मुल्यमा आएको निरञ्तरको गिरावटले म्युचुअल फण्डप्रति नै आम सर्वसधारणको धारणा नकारात्मक बन्न पुगेको छ । सोही कारण म्युचुअल फण्डको भविष्य संकटमा परेको छ ।
नोट : असोज १२ गतेको बजार मुल्यको आधारमा तयार पारिएको रिपोर्ट

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS