IME Life

कञ्चन डेभलपमेन्ट बैंकको नयाँ शाखा दिपायलको पिपल्ला बजारमा

SPIL
Sanima Reliance

दिपायल । कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडले दिपायल सिलगढी न.पा., पिपल्ला बजार, दिपायल डोटीमा १७ औं शाखा संचालनमा ल्याएको छ । उक्त नयाँ शाखाको उद्घाटन दिपायल सिलगढी नगरपालिकाका उप–प्रमुख शिवराज खड्काले गरेका हुन् ।

शाखा उद्घाटन समारोहमा स्वागत मन्तव्य संचालक भरत बहादुर रोकायले गरेका थिए भने उक्त समारोहमा दिलपेश्वर मठक्षेत्र विकास समितीका अध्यक्ष कर्ण बहादुर द्धारिया, आदर्श गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष नरेन्द्र बहादुर रोकाया, दिपायल सिलगढी न. पा. का पुर्व उपमेयर प्रेम बहादुर शाह र आदर्श गाँउपालिकाका अध्यक्ष टेक बहादुर रोकायाले शुभकामना मन्तब्य राखेका थिए ।

Crest
Meta Holidays

प्रधान कार्यालय कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका, महेन्द्रनगर बजारमा रहेको यस बैंकको हाल सम्म कञ्चनपुरमा ७ शाखा र २ एक्सटेन्सन काउण्टर, कैलालीमा ७ शाखा र १ एक्सटेन्सन काउण्टर, डडेल्धुरामा १ शाखा, बैतडीमा १ शाखा र डोटी १ शाखा गरि कुल १७ शाखा र ३ एक्सटेन्सन काउण्टर सञ्चालनमा आएका छन् ।

वर्तमान बजारको अवस्थालाई मध्यनजर गरि यस क्षेत्रका ग्राहकहरुको लागी अन्य बैंकले दिई रहेको व्याज भन्दा आकर्षक व्याज प्रदान गर्ने उदेश्यले यस बैंकले बचत खातामा ७.२५ देखि ८.५० प्रतिशत र मुद्दति खातामा ११ प्रतिशत सम्म व्याज दर कायम गरेको बैंकले जनाएको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x