Prabhu Life Ad Final

कालिका लघुवित्तद्धारा लाभांश प्रस्ताव, बोनश कति, नगद कति ?

IME PAY
IME Life

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७५ ७६ को लागि लाभांश घोषणा गरेको छ । लघुवित्तले १२ दशमलव ६३ प्रतिशत लाभांश दिने भएको छ । शुक्रबार बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीको १२ प्रतिशत बोनस सेयर र ० दशमलव ६३ प्रतिशत नगद लाभांश गरी कुल १२ दशमलव ६३ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

लघुवित्तले १ करोड २९ लाख ६० हजार रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । यस्तै, बोनसमा लाग्ने कर प्रयोजनार्थ ६ लाख ८२ हजार १०५ रुपैयाँ नगद लाभांश पनि बाँड्नेछ ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गरिने छ त्यसपछि मात्र शेयरधनीलाई बाड्ने लघुवित्तले जनाएको छ ।

हाल यस लघुवित्तको चुक्ता पुँजी १० करोड ८० लाख रुपैयाँ रहेको छ । अहिले घोषणा गरेको बोनस सेयरपछि भने पुँजी १२ करोड ९ लाख ६० हजार रुपैयाँ पुग्नेछ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS