IME Life

दाङमा भयो यस्तो दुर्घटना, बीमा दावी पर्ने

SPIL
NIC ASIA

दाङ । शनिबार दाङमा भएको सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन । बसले मोटरसाईकललाई ठक्कर दिइ भएको घटनामा बीमा दावी पर्ने देखिएको छ ।

दाङस्थित घोराही उपहानगरपालिका–१४ बालमन्दिर चोक नजिकै रा१ख २१०६ नम्बरको सार्वजनिक यातायातको साधन बसले रा१प ४१७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घटना भएको हो । घटनामा घोराही उपमहानगरपालिका–१५ का १७ बर्षिय प्रदिप जिसीको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै घटनामा गम्भीर घाइते भएका १७ वर्षीय सन्तोष चौधरीको नेपालगञ्जमा उपचार भइरहेको छ । उनको उपचारमा एक लाख रुपैयाँभन्दा बढि खर्च लागिसकेको जनाइएको छ ।सार्वजनिक यातायातका साधन र मोटरसाईकल आपसमा ठक्कर खाई भएको दुर्घटनामा निर्जिवन बीमा अन्तर्गत तेस्रो पक्ष बीमा दावी पर्ने देखिएको छ । बीमा कुन कम्पनीमा गरिएको भन्ने खुल्न सकेको छैन । दुर्घटनापछि बस चालक फरार रहेकाले प्रहरीले बसका मालिक खोजेर कारवाही प्रक्रिया अघि बढाउने जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS