IME Life

ईसेवामार्फत हवाई टिकट नकाट्न प्रदेश नं ५ को निर्देशन

SPIL
NIC ASIA

काठमाडौं । प्रदेश नं ५ सरकारले ईसेवामार्फत हवाई टिकट काट्न प्रतिबन्ध लगाएको छ । प्रदेश ५ सरकारले एक सार्वजनिक सूचना जारी गर्दै ट्राभल तथा ट्रेकिङ एजेन्सी नखोली इ–सेवा लगायतका इ–टिकेटिङबाट हवाई टिकेटिङको कारोबार गरेको पाइएमा २० हजार जरिवाना सहित कारोवार बन्द समेत गराउने चेतावनी दिएको छ ।

मंगलबार एक सूचना जारी गर्दै प्रदेश नम्बर ५ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले अनुमति नलिइ इ–सेवाबाट हवाई टिकट काटी व्यवसाय गर्नेलाई कारबाही गर्ने जनाएको हो ।

Prabhu
Crest

प्रदेश ५ मा रहेका ट्राभल एण्ड ट्रेकिङ सम्बन्धि इजाजत नलिई विभिन्न व्यक्ति संघसंस्था वा फर्महरुले विभिन्न वायु सेवाको टिकट काट्ने काम गरिरहेको र इजाजत लिएका एजेन्सीप्रति मार परेको हुँदा मन्त्रालायले यस कदम चालेको सूचनामा उल्लेख छ । यसका साथै मन्त्रालयले इजाजत पत्र नवीकरण नभएकाहरुलाइ समेत समयमा नविकरण गर्न निर्देशन दिएको छ ।
प्रधानमन्त्री केपी ओलीका आईटी सल्लाहकारले सञ्चालन गरेको इसेवामाथि नेकपा नेकपाकै मुख्यमन्त्री रहेको प्रदेश नं ५ सरकारले ईटिकेटिङ कारोबारमा प्रतिबन्ध लगाएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS