IME Life

एयरबसको सर्भरमा पटक पटक ह्याक गर्ने प्रयास, कति पर्ला बीमा दावी ?

SPIL
Sanima Reliance

एजेन्सीहरु । म्याक्स ८०० जहाजमा आएको प्राविधिक समस्याका कारण अमेरिकी जहाज कम्पनी बोईङ यतिबेला आर्थिक संकटमा छ । यही मौकामा युरोपियन जहाज निर्माता कम्पनी एयरबसको मुख्य सर्भरमाथि पटक पटक साईबर आक्रमणको प्रयास भएको एयरबसेले जनाएको छ । सर्भर ह्याकमा के कति डाटाहरु क्षति भयो भन्ने एकिन विवरण बाहिर आइसकेको छैन । सो साईबर हमलाको बीमा दावी पर्ने देखिएको छ । नेपालमा त्यति प्रचलनमा नभए पनि अन्तर्राष्ट्रिय जगतमा साईबर आक्रमणको जोखिम बहन गर्न बीमा गर्ने चलन छ । एयरबस जस्तो कम्पनीको सुरक्षा मूल्याङ्कन गरी बीमा शुल्क निर्धारण पश्चात साईबर सुरक्षा सम्बन्धी जोखिम बहनका लागि करोडौं डलर खर्चेका हुन्छन् ।

Crest
Meta Holidays

बिहिवार हालसम्म चार पटक चिनियाँ नागरिकले आक्रमण गरेको विवरण सार्वजनिक भएसँगै बीमा कम्पनी तथा पुनर्बीमा कम्पनीको टाउको दुख्न थालेको छ । ठूला कम्पनीहरुको जोखिम बहनका लागि पुनर्बीमा समेत गर्ने गरिएको हुँदा जोखिम बहन समेत सामूहिक रुपमा गरिएको हुन्छ ।

एयरबसमाथि चिनियाँ ह्याकरहरुले तथ्याङ्क चोरी गर्नको लागि शृङ्खलाबद्ध साइबर आक्रमण गरेको कम्पनीले जनाएको छ । आक्रमणकारीले मुख्यतया एयरबसका आपूर्तिकर्ताको विवरण चोरी गर्न खोजेको र त्यसमा असफल बनाएको जनाएको छ । एयरबसका सुरक्षा विज्ञहरुका अनुसार आक्रमणकारीहरु चिनियाँ नागरिक रहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । युरोपियन जहाज निर्माता कम्पनी एयरबसमाथि भएको अहिलेसम्मकै ठूलो साईबर हमला भएको जनाएका छन् । एयरबस मात्रै नभएर उसले सामान आयत गर्ने कम्पनीहरुको समेत साईबर आक्रमणको प्रयास भएको छ । एएफपीका अनुसार एयरबसका निम्ति कार्य गर्ने दुई वटा फ्रान्सेली कम्पनीमाथि पनि साइबर आक्रमण भएको थियो ।
एयरबसले उक्त साईबर हमलाको बीमा दावी गर्छ वा गर्दैन खुलाएको छैन ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x