IME Life

आशा लघुवित्तको साधारण सभा कात्तिक ७ गते, यस्ता छन् एजेण्डाहरु

SPIL
NIC ASIA

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा कात्तिक ७ गते हुने भएको छ । सभा फल एन्ड ट्राउट भिलेज होटल एन्ड रेष्टुरेन्ट, ककनी नुवाकोटमा बिहान १० बजे सुरु हुने संस्थाले जनाएको छ ।

सभा प्रयोजनका लागि आशाले असोज १५ गतेदेखि कात्तिक ७ गतेसम्म बुक क्लोज गर्दैछ । यसर्थ, असोज १४ गतेसम्म कायम सेयरधनीले मात्र १२५ बोनस सेयर सुरक्षित गर्न सक्नेछन् ।

Prabhu
Crest

सभामा कम्पनीले १२ प्रतिशत बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव पेश गर्दैछ । लघुवित्तले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट २ करोड ४८ लाख ८८ हजार रुपैयाँ बराबरको बोनस वितरण गर्न लागेको हो । त्यस्तै, बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ० दशमलव ६३१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव समेतसभामा पेश हुँदैछ ।

त्यस्तै, सभामा अन्य कुनै वित्तीय संस्थामा गाभ्न वा गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि छ । सभामा आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।

सभामा नियमावलीमा व्यवस्था भए बमोजिम सर्वसाधारण समूहको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ ।

हाल लघुवित्तको चुक्ता पुँजी २० करोड ७४ लाख रुपैयाँ रहेको छ । बोनस वितरणपछि पुँजी २३ करोड २२ लाख ८८ हजार रुपैयाँ पुग्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS