IME Life

बैंकहरुको सुरक्षा प्रणाली ध्वस्त, कृषि विकास बैंक, पानस रेमिट्यान्सको सिष्टम ह्याकरको कब्जामा

SPIL
NIC ASIA

काठमाडौं । नेपाली बैंकहरुको सुरक्षा प्रणाली ध्वस्त हुन पुगेको छ । करिब एक महिना अघि ह्याकरहरुले १८ वटा बैंकमा एटिएम कार्ड सेवा प्रवाह गर्ने नेप्सको सर्भर ह्याक गरी करोडौं चोरी गरेको घटना सेलाउन नपाउँदै कृषि विकास बैंकको आन्तरिक सर्भर नै ह्याक गरी करोडौं रुपैयाँ आफ्नो खातामा रकमान्तर गरेको खुलेको छ । सो क्रममा कति रकम चोरी भयो भन्ने अझै खुल्न सकेको छैन ।

तिजको दिनमा एटिएम सिष्टम ह्याक भएको नेपालमा दशैंको मुखमा अर्को साईबर हमला भएको समाचार बाहिर गएसँगै सर्वसधारणहरु त्रस्त हुन पुगेका छन् । बैंकहरुले कडा सुरक्षा व्यवस्था अपनाउन नसक्दा ह्याकरहरुको बिगबगी हुन पुगेको छ भने कुनै पनि बैंक जुनसुकै बेला लूटपाट गरेर रित्तो बनाईदिनसक्ने अवस्था आएको साईबर सुरक्षामा काम गरिरहेकाहरुले जनाएका छन् ।

Prabhu
Crest

कृषि विकास बैंक लाहान शाखाबाट करोडौं चोरी भएको घटना बुधबार मात्रै सार्वजनिक भएको हो । ह्याकरहरुले कैयौं दिनदेखि कृषि विकास बैंक लाहान शाखाको सिष्टम ह्याक गरी आफू अनुकूल खातामा रकम हालिदिने गरेको खुलेको छ । ह्याकरहरुले कसको खाताबाट कति रकम रकमान्तर गरे भन्ने खुल्न सकेको छैन ।

उता, नयाँ बानेश्वरमा रहेको पानस रेमिट्यान्सको सर्भर समेत ह्याक भएको छ । सो रेमिट्ेयान्सको सर्भर ह्याक गरी कार्यालयकै कर्मचारीको नामबाट २० जना व्यक्तिको नाममा रकम पठाइएको भेटिएको प्रहरीले जनाएको छ । सो सम्बन्धमा थप अनुसन्धान भइरुहेको प्रहरीले जनाएको छ ।

स्मरणरहोस्, कृषि विकास बैंकले बीबीआई अन्तर्गतको बीमा नेको इन्स्योरेन्समा गरेको भएपनि बुधबार सार्वजनिक भएको साईबर हमलाको घटनाको सम्बन्धमा बीमा दावी भुक्तानी हुनेछैन । कृषि विकास बैंकको त्रुटीपूर्ण बीमा गरिएको बारे यसअघि नै इन्स्योरेन्स खवरले समाचार प्रकाशित गरिसकेको छ ।

यसैबीच, घटनामा संलग्न १२ जनालाई उपत्यका तथा उपत्यका वाहिरका विभिन्न स्थानहरूबाट प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई महानगरीय अपराध महाशाखाले बुधबार पत्रकार सम्मेलन मार्फत बुधबार सार्वजनीक गरेको हो ।

पक्राउ पर्नेहरुमा नुवाकोट मेघाङ गाउँपालिका-४ ठेगाना भएका ४३ वर्षीय लवाङ तामाङ, रसुवा नौकुण्ड गाउँपालिका-५ ठेगाना भएकाहरु ४० वर्षीय लक्ष्मी लामा तामाङ २० वर्षीया निर्मला तामाङ तथा १८ वर्षीय निमा तामाङ, काठमाडौं तार्केश्वर नगरपालिका-२ काभ्रेस्थली ठेगाना भएका २६ वर्षीय संजय घले, सर्लाही हरिवन नगरपालिका-२ ठेगाना भएका ४२ वर्षीय पुष्पराज खड्का, लम्जुङ दोर्दी गाउँपालिका-३ ठेगाना भएका २३ वर्षीय विद्यासागर लामिछाने, तनहुँ भानु नगरपालिका-९ ठेगाना भएका ३८ वर्षीय श्रवण कुमार श्रेष्ठ,
भक्तपुर ठिमी नगरपालिका-४ ठेगाना भएकी ३२ वर्षीया सुनिता श्रेष्ठ, काठमाडौं टेबहाल बस्ने भारत कलकत्ता घर भएका ३० वर्षीय शुबन्कर पन्जा, कैलाली भजनी नगरपालिका-३ ठेगाना भएका २२ वर्षीय विजय साह र कैलाली भजनी नगरपालिका-१ ठेगाना भएका ४५ वर्षीय चन्द्र बहादुर बुढा रहेका छन् ।

भारतको मुम्बईमा बस्ने बिदेशी नागरिक काले भन्ने पिटरले मुम्बईमा बसी नेपालका बैंक तथा वित्तिय संस्थाहरूबाट ५ अर्ब भन्दा बढी रकम ह्याक गरी लैजाने योजना बनाई नेपाली नागरिकहरूलाई प्रयोग गरी उक्त बैंक तथा वित्तिय संस्थाहरूको क्रेडेन्सियल हृयाकिङ गरी रकम निकाली रहेको अवस्थामा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट ४० लाख ५० हजार रुपैयाँ प्रहरीले बरामद गरेको छ ।
साथै कृषि विकास बैंकबाट हालसम्म ऐकिन भएको रकम ४ करोड ७३ लाख ९६ हजार र पानस रेमिट नयाँबानेश्वरबाट १२ लाख ह्याक भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको सो महाशाखाले जनाएको छ ।

साथै पिटरले नेपालका मानिसहरूसँग सम्पर्क गरी भारतमा नै बोलाई मिटिङ गरी कमिशनको डिल गरी विभिन्न बैंक तथा वित्तिय संस्थाको ठूलो धन रासी ह्याक गर्ने गरेको, विभिन्न बैंक तथा वित्तिय संस्थाको ह्याक गरेको रकम नेपाली व्यक्तिहरूको नाममा निकाली १५ देखि ३५ प्रतिशत कमिसन दिई बाँकी रकम हुण्डी मार्फत पुनःभारत पठाउने गरेको तथा नेपालका एजेण्डहरूलाई नविल बैंक, कृषि विकास बैंक लगायतका बैंकहरूमा चल्ती खाता खोल्न लगाई ह्याक गर्दै आएको समेत प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS